बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ, ट्रम्पको उम्मेदवारी संकटमा



वासिंगटन (एजेन्सी) । 

कोविड १९ महामारी सुरुमा फैलिरहँदा खिसिट्युरी गर्दै नानाथरि टिप्पणी गर्दै आइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैँ उक्त भाइरसको चपेटामा आएपछि अमेरिकी राजनितिमा ठुलो हलचल उत्पन्न भएको छ ।

यसबीच आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपति चुनावमा उनका डेमोक्र्याटिक प्रतिद्वन्द्वी जोय् बाइडेनको कोरोना रिपोर्ट नेगेटिव आएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प संक्रमित भएको खबर बाहिर आएपछि बाइडेन र उनकी पत्नीले शुक्रबार नै कोविड १९ जाँच गराएका थिए ।

बाइडेनको प्रचार प्रसार कार्यालयका तर्फबाट जारी गरिएको विज्ञप्तीमा डाक्टर केविन ओ कोन्नारले बाइडेनको कोविड १९ जाँच नेगेटिव आएको जानकारी दिएको हो ।

बाइडेन र ट्रम्पबीच केही दिन अघि मात्रै ९० मिनेटभन्दा लामो समय एउटै मन्चमा प्रत्यक्ष बहस भएको थियो । अझै पनि यस प्रकारका प्रत्यक्ष दुई बहस हुन बाँकी नै छ । दास्रो बहर अक्टोबर १५ मा फ्लोरिडाको मायामी र तेस्रो अक्टोबर २० मा टेनेस्सीको नेसविलामा हुने कार्यक्रम छ ।

बाइडेनले आफ्ना समर्थकहरुलाई भावुक सन्देश एक सामाजिक सन्जालमा पोस्ट गरिएकोमा धन्यवाद दिएका छन् । यस घटनाले भविष्यमा मास्क लगाउनु पर्ने र सामाजिक दुरी बनाइराख्नु पर्ने तथा हात धुनु पर्ने स्मरण गराउने अपेक्षा गरेको उनले बताए ।

अमेरिकी राष्ट्र्रपति चुनाव करिब १ महिना बाँकी हुँदा कोराना संक्रमित देखिएका रिपक्लिकन उम्मेदवार ट्रम्पको उम्मेदवारीलाई लिएर विभिन्न प्रश्न उठ्न थालेको छ । कोरोना पोजिटिव रिपोर्ट आएपछि उनी १४ दिनको क्वारेन्टिनमा गएका छन् । उनकी पत्नी मेलानियाको पनि कोरोना पोजिटिव देखिएको हो । ट्रम्पकी एक निजी सल्लाहकार कोरोना भाइरस पोजिटिव थियो र उनीबाट ट्रम्प र मेलानिय संक्रमण भएको बताइएको छ ।

चुनावको अहिलेसम्मको सर्वेक्षणमा आफ्ना प्रतिद्वन्द्वि भन्दा ट्रम्प पछाडी नै देखिएका छन् । यद्यपी यसले चुनावी नतिजालाई प्रभाव नपार्न पनि सक्छ । यस स्थिति अमेरिकामा यदि ट्र्रम्प कोरोना संक्रमणबाट ठीक भएपछि आफ्ना उम्मेदवारी फिर्ता लिए भने त्यसको परिणाम के हुन्छ भन्ने प्रश्न उठ्न थालेको छ । उनको रिपब्लिकन पार्टीले ने उनको चुनाव टिकट फिर्ता गर्न पनि भन्न सक्ने सम्भावनाको चर्चा हुन थालेको छ ।

ट्रम्प कोरोना पोजिटिव भएको अवस्थामा अब सम्पुर्ण अविभारा रिपब्लिकन नेसनल कमिटीमाथि आएको न्युयोर्क विश्वविद्यालयका कानुनका प्रोफेसर रिचर्ड पाइल्सले बताए । यसतो अवास्थामा पुरै जिम्मेवार राष्ट्रिय राजनितिक दलको हुनजान्छ अर्थात रिपब्लिकन र डेमोक्र्याटिक नेसनल कमिटीले अब यसमा फैसला गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्