मास्क नलगाउने अमेरिकी राष्ट्रपति ट्रम्प दमपतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि



काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै आफू र श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएका छन्।

यस अघि उनले आफ्ना एकजना निकट सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि क्वारन्टीनमा बसेको जनाएका थिए।

उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको थिए।
साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन्।

प्रतिक्रिया दिनुहोस्