छाडा बोल्ने बदमास सुगा हटाइए



लन्डन, (एजेन्सी)
बेलायतको एउटा चिडियाघरले त्यहँँ राखिएका अपशब्द बोल्ने पाँचवटा बदमास सुगालाई सार्वजनिक प्रदर्शनबाट हटाइएको जनाएको छ। तिनीहरूलाई एउटै कोठामा राखिएका बेला एकअर्कालाई आफूहरूले जानेका अश्लिल शब्द सिकाएका थिए।
लिन्कोनसायर वन्यजन्तु निकुञ्जले विभिन्न व्यक्तिले रिक, जेड, एलिस, टाइसन र बिल्ली नामका खरानी रंगका अफ्रिकी सुगा सो चिडियाखानालाई उपहार स्वरूप दिएको जनाएको छ। प्रदर्शनमा राखिनुअघि तिनीहरू सबैलाई एकै स्थानको क्वारेन्टाइनमा राखिएको थियो। तिनीहरूलाई प्रदर्शनका लागि राखिएको केही समयपछि नै चिडियाघरका कर्मचारीले उक्त कर्तुत भएको थाहा पाएका थिए।
चिडियाघरका प्रमुख कार्यकारिणी अधिकारी स्टिभ निकोलसले आफू तिनीहरूको विशेषगरी आगन्तुक बालबालिकालाई लिएर चिन्तित रहेको बताएका छन्। बानी सुधारेको खण्डमा पुनः प्रदर्शनमा राखिने तर हाल तिनीहरूलाई एक्लाएक्लै राखिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्