मोडेर्नाको खोपबाट वृद्धमा राम्रो प्रतिरोधक प्रतिक्रिया देखिएको दाबी



बोस्टन, (एजेन्सी)
अमेरिकी नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फक्सियस डिजिजेज (एनआईएआईडी) अमेरिकी बायोटक कम्पनी मोडेर्नाको विकसित खोपको पहिलो चरणको परीक्षणमा नतिजाले वृद्धमा बलियो प्रतिरक्षा उत्पन्न भएको देखाएको छ।
न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित शोधअनुसार प्रयोगात्मक चरणको खोप एमआरएनए १२७३ को परीक्षणमा संलग्न व्यक्तिले राम्रो प्रतिक्रिया देखाएको छ। एनआईएआईडीका अनुसन्धानकर्ताका अनुसार वृद्ध व्यक्तिमा कोभिड–१९ बाट जटिलता आउने धेरै जोखिम हुन्छ र यो खोप अभियानका लागि महŒवपूर्ण हिस्सा पनि हो।
यो खोप कुन वर्गका व्यक्तिमा कस्तो प्रकारको प्रभाव पर्छ, यसको सुरक्षा र प्रभावकारिता पत्ता लगाउनु महŒवपूर्ण पक्ष भएको अनुसन्धानकर्ताले बताएका छन्। पहिलो चरणको परीक्षण सन् २०२० मार्च १६ मा शुरू भएको थियो र यसमा वृद्धहरूको पञ्जीकृत भएपछि करिब एक महिना बढाइएको थियो।
वैज्ञानिकले यस परीक्षणमा ४० स्वस्थ स्वयंसेवकलाई समावेश गरिएका थिए। जसमा २० जनाको उमेर ५६ देखि ७० वर्ष र बाँकी २० को उमेर ७१ वर्ष वा त्योभन्दा बढी थियो।
खोपलाई यी उमेर समूहका स्वयंसेवकले राम्रोसँग ग्रहण गरेको अनुसन्धानकर्ताले पाएका छन््। यद्यपि, केहीमा खोप लगाएपछि ज्वरो आउने र थकानजस्ता प्रतिकूल प्रभाव देखिएको पाइएको छ। तर, ज–जसले खोप लगाए उनीहरूमा कोरोना भाइरस सार्स कोभ–२ प्रति प्रभावकारी प्रतिरक्षा प्रणाली उत्पन्न भएको वैज्ञानिकले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्