मोडेर्नाको खोपबाट बृद्धहरुमा राम्रो प्रतिक्रिया देखिएको दावी



बोस्टन (एजेन्सी)
अमेरिकी नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फक्सियस डिजिजेज (एनआईएआईडी) अमेरिकी बायोटक कम्पनी मोडेर्नाको विकसित खोपको पहिलो चरणको परीक्षणमा नतिजाले बृद्धहरुमा बलियो प्रतिरक्षा प्रतिक्रिया उत्पन्न भएको देखाएको छ ।
न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकासित शोध अनुसार प्रयोगात्मक चरणको खोप एमआरएनए १२७३ को परीक्षणमा संलग्न ब्यक्तीहरुले राम्रो प्रतिक्रिया देखाएको छ । एनआईएआईडीका अनुसन्धानकर्ताहरुका अनुसार बृद्ध ब्यक्तीहरुमा कोविड १९ बाट जटिलता आउने धेरै जोखिम हुन्छ र यो खोप अभियानका लागि महत्वपुर्ण हिस्सा पनि हो ।
खोप यो बर्गका ब्यक्तीहरुमा कुन प्रकारको प्रभाव पार्छ, यसको सुरक्षा र प्रभावकारिता पत्ता लगाउनु महत्वपुर्ण पक्ष भएको अनुसन्धानकर्ताहरुले बताए । पहिलो चरणको परीक्षण सन् २०२० मार्च १६ मा शुरु भएको थिो र यसमा बृछहरुको पंजिकृत भएपछि करिब एक महिना बढाइएको थियो ।
वैज्ञानिकहरुले यस अन्तर्गत परीक्षणमा ४० स्वस्थ स्वयंसेवकलाई समावेश गरिएको थियो । यसमा २० जनाको उमेर ५६ देखि ७० वर्ष र बाँकी २० को उमेर ७१ बर्ष वा त्यो भन्दा बढी थियो ।
खोपलाई यी उमेर समुहका स्वयंसेवकहरुले राम्रोसँग ग्रहण गरेको अनुसन्धानकर्ताहरुले पाए । यद्यपी केहीमा खोप लगाएपछि ज्वर आउने र थकान जस्ता प्रतिकुल प्रभाव देखिए । तर जजसल खोप लगाए उनीहरुमा कोरोना भाईरस सार्स – कोभ–२ प्रति प्रभावकारी प्रतिरक्षा प्रणाली उत्पन्न भएको वैज्ञानिकहरुले पाए ।

प्रतिक्रिया दिनुहोस्