सम्पादनबाटै सफलता



  • रश्मी थापा

फिल्ममा अभिनय गर्ने कलाकारकोे वाहवाही हुन्छ। उनीहरूको लोेकप्रियताको चुली चुलिन्छ। तर, धेरैलाई थाहा हुँदैन उनीहरुको अभिनय र नृत्यकलादेखि लोकप्रियता वृद्धि गराउनसम्म विभिन्न विधाका प्राविधिकको ठूलो हात हुन्छ। कलाकारलाई लोकप्रियताको शिखरमा पु¥याउन पर्दापछाडि बसेर होस्टेमा हैंसे गर्ने प्राविधिक विधामध्ये एउटा महत्वपूर्ण विधा सम्पादन पनि हो। आफ्नो सम्पादन कलाले कलाकारको कामदेखि सीधा फिल्मलाई समेत उचाइ पु¥याउने प्रतिभाशाली फिल्म सम्पादकको अग्रपंक्तिमा आउने नाममध्ये एउटा नाम हो साहिल खान।

साहिलले फिल्म सम्पादनको क्षेत्रमा नयाँ शैली भित्र्याएर निर्माता निर्देशकको वाहवाही मात्र बटुलेका छैनन्, तीनलाई सम्पादन पक्षबाट सम्पन्न बनाई फिल्मको व्यापार वृद्धिमा भूमिका खेल्दै निर्माता निर्देशकको पहिलो रोजाइको फिल्म सम्पादकका रूपमा समेत आफूलाई उभ्याउँदै आएका छन्। उनी सम्पादन कलाबाट फिल्म क्षेत्रमा आफ्नो फरक पहिचान बनाउन सफल फिल्म सम्पादक बनेका छन्। सम्पादन क्षेत्रमा काम शुरु गरेको छोटो समयमै आफ्नो विशेष कार्य क्षमता प्रदर्शन गरेर दर्जनौं फिल्मकर्मीको रुचाइएका फिल्म सम्पादक बनेका उनी परम्परागत नेपाली फिल्मलाई मोडर्न टचसहित पस्कन खप्पिस कहलिएका छन्।

२०४४ सालमा नवलपरासीमा जन्मेका साहिल इलेक्ट्रिकल इन्जिनियर बाबुका छोरा हुन्। आफूलाई पारिवारिक पृष्ठभूमिभन्दा परको क्षेत्रमा स्थापित गर्न सफल साहिलले फिल्म सम्पादकको रूपमा करिअर अघि बढाउने सोचका साथ ताल म्युजिक कम्पनीका अध्यक्ष तथा आफ्ना नातेदार अस्लम खानको मातहतमा अध्ययन गर्न काठमाडौं आएसँगै पढाइपछि एरिना मल्टिमिडियामा दुई वर्ष सम्पादनसम्बन्धी तालिम लिएपश्चात् २०६५ सालतिर बीजीबी इन्टरटेनमेन्ट नामक सम्पादन कम्पनीमा काम शुरु गरेका थिए।

त्यहाँ करिब ३ वर्षसम्म सहायक फिल्म सम्पादककका रूपमा काम गरेपछि उनले पहिलो फिल्मका रूपमा २०६९ मा सुरज नाल्बोद्वारा निर्देशित तथा झरना थापा अभिनित फिल्म फेसबुकमा पूर्णरूपमा सम्पादनको कार्य गरेका थिए। जसमा उनको काम निकै रुचाइयो पनि। त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन। बरु २०७३ मा आएको अनमोल केसी र साम्राज्ञीराज्यलक्ष्मी शाह अभिनित फिल्म ड्रिम्सबाट साहिलले निकै तारिफ पाए। यो फिल्मको सम्पादन उनले आफ्नै कम्पनी मुभी फ्याक्ट्रीमा बसेर गरेका थिए।

परम्परागत नेपाली फिल्मलार्ई बलिउड र हलिउडको फ्लेवरमा सम्पादन गर्न माहिर साहिले सम्पादकका रूपमा काम गरेको फिल्म ड्रिम्सले व्यापारिक सफलता पाउनुका साथै सिनेमा बजारमा नयाँ रेकर्ड कायम गर्न सफल भयो। यसले उनको करियरलाई एकनासले अगाडि बडाउन थप सघायो। नेपाली फिल्म उद्योगमा लामो सिरिजको इतिहास बनाइएको नाइँ नभन्नु लको दोस्रो सिरिजमा पनि साहिलले नै कैंची चलाए। उक्त फिल्मले ५१ दिनको रेकर्ड कायम गरेको थियो। उनले काम गरेको ए मेरो हजुर–२ र ३ लाई पनि दर्शकले निकै मन पराए।

अहिले उनी ए मेरो हजुर–४ को काम गरिरहेका छन्। फिल्म सम्पादनबाहेक फिल्मको ट्रेलर निर्माणमा समेत साहिलेका विशेष प्रतिभा उजागर भएको छ। त्यसैका कारण साढे दुई दर्जनभन्दा बढी फिल्मको सम्पादन गरिसकेका साहिलले आफूले सम्पादन गरेका र नगरको गरी हालसम्म आवेग, मेला, बेस्ट फ्रेन्ड फरेभर, म यस्तो गीत गाउँछु, डमरुको डण्डीबियो, ऐश्वर्य, लभस्टेसन, छिरिङलगायत सयभन्दा बढी फिल्मको सुपरहिट ट्रेलर निर्माण गरेका छन्। उनले सम्पादन गरेका म यस्तो गीत गाउँछु–२, प्रेमगीत–३ लगायतका फिल्म कोभिड–१९ का कारण बन्द भएका हल खुल्ने प्रतीक्षमा छन्।

फिल्मको टे«लर निर्माण र सम्पादन गर्ने क्रममा साहिलले फिल्म लभ डायरिजमा एसोसियट निर्देशनको रुपमा समेत काम गरे भने केही फिल्म तथा म्युजिक भिडियोमा अभिनय पनि गरेका छन्। ‘केही फिल्ममा रहर पूरा गर्न फाट्टफुट्ट अभिनय गरेको छु तर मेरो रुचि अभिनयभन्दा पनि निर्देशनतिर छ। अहिले लकडाउनका कारण काम रोकिएको अवस्था छ, तर अर्को फिल्म निर्देशनका लागि तयारी गरिरहेको छु। फिल्मको स्क्रिप्टको काम पनि भइरहेको छ।’ –साहिलले जानकारी गराए।

एकपछि अर्को फिल्मबाट सफलता हात पार्दै जाँदा साहिल छोटो समयमै निर्माता निर्देशकले दोहो¥याउने फिल्म सम्पादक मात्र होइन, आपूmलाई महँगा फिल्म सम्पादकका रूपमा उभ्याउनसमेत सफल छन्। उनले नेपाली फिल्मको सम्पादन क्षेत्रमा देखाएको कार्यकौशलताका कारण एलजी सिने अवार्ड, बक्स अफिस, फिल्म फेयरलगायत अवार्ड चुम्मेका छन्।

प्रतिक्रिया दिनुहोस्