ट्रम्पलाई विषाक्त पत्र पठाएको अभियोगमा न्यूयोर्क सीमाबाट एक महिला पक्राउ



एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पत्र पठाएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

क्यानडाबाट अमेरिका प्रवेश गर्ने क्रममा रहेकी ती महिलालाई न्युयोर्कको सीमाबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पक्राउ परेकी ती महिलाको साथबाट एक पेस्तोल समेत बरामद भएको जनाइएको छ । उनको नाम भने सार्वजनिक गरिएको छैन ।

केही दिन अघि क्यानडाबाट ट्रम्पको नाममा आएको पार्सलमा रिसिन नामक विष भेटिएको थियो । यो विष निकै घातक हुने जनाइएको छ ।

यस विषयमा थप अनुसन्धान चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्