निर्माता निर्देशक छेतन रहेनन्



फिल्म लेखक तथा निर्देशक छेतन गुरुङको उपचारका क्रममा अल्पायुमै निधन भएको छ।
कलेजोमा समस्या आएपछि उपचारका लागि राजधानीको मेट्रो अस्पतालमा भर्ना गरिएको गुरुङको मंगलबार राति २ बजे निधन भएको हो।
४२ वर्षीय गुरुङले नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर–३ जस्ता फिल्मको स्क्रिप्ट लेखेका थिए। उनले डमरुको डण्डिबियो नामक फिल्मको निर्देन गरी निर्देशन क्षेत्रमा डेब्यु गरेका थिए। उनले आफूद्वारा निर्देशित पहिलो फिल्मबाटै कामना फिल्म अवाड्र्स २०७६ मा नवनिर्देशकको अवार्ड चुमेका थिए। डमरुको डण्डिबियोपछि उनले प्रेमगीत–३ निर्देशन गरेका छन्। निर्माता सन्तोष सेनसँग संयुक्तरूपमा निर्देशन गरेको उनको फिल्म कोरोना संक्रमणका कारण रिलिज हुन सकेको छैन। प्रेमगीत–३ उनी हुतुतु नामक फिल्मको निर्देशन गर्ने तयारीमा थिए।
मृगौलासँग लडिरहेका छेतनको पछिल्लो समयमा कलेजोले समेत काम गर्न छोडेको बताइन्छ। उनी नोभेम्बर रेनको कथा लेखनसँगै फिल्म क्षेत्रमा उदाएका थिए।
छेतनको अन्तिम संस्कार आज बिहीबार स्वयम्भु बिजेश्वरीमा गरिने भएको छ। अन्तिम संस्कारअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि १ घण्टा बिजेश्वरीमा राखिने भएको छ।
छेतनको परिवारमा आमा, छोरी र भाइ छन्। उनको पत्नीको केहीअघि नै निधन भइसककोे छ।

प्रतिक्रिया दिनुहोस्