महिलाहिंसाविरुद्ध फिल्म



निर्देशक उत्सव केसीले महिला हिंसाको विषयमा छोटो फिल्म एसिड नट द सोलुसन तयार पारेका छन्। कलाकारसमेत रहेका केसीको यो फिल्म युट्युबमार्फत सार्वजनिक गरिएको छ।
महिला हिंसामा निकै मार्मिक र मन छुने कथा फिल्ममा आफूले उठाएको निर्देशक केसीको दाबी छ। फिल्मले समसामायिक विषय उठाएकाले दर्शकको मन जित्ने उनको विश्वास छ।
चुइचुई पारेर युट्युब च्यानलमार्फत सार्वजनिक फिल्ममा अस्मिता बस्नेत, काव्या कार्की, इशान राउत, रमा श्रेष्ठ, बिज तिमिल्सिेना, प्रवीण कार्कीसहित निर्देशक केसीको पनि अभिनय रहेको छ। ज्ञानकुमार कटेलको छायांकन रहेको फिल्म किरणराज थापाले सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्