विश्वकै सबैभन्दा कुरुप भारतिय महिला : रिचर्ड निक्सन



वासिंगटन (एजेन्सी) । 

भारतिय महिलाका सम्बन्धमा गरिएका आपत्तीजनक टिप्पणीका कारण अमेरिकी पुर्व राष्ट्रपति रिचर्ड निक्सन अहिले चर्चामा रहेका छन् । अमेरिकी इतिहासमा सबैभन्दा चर्चित कान्ड मध्यका एक वाटरगेट स्क्यान्डलपछि राष्ट्रपति पद छोड्न निक्सन बाध्य भएका थिए ।

निक्सनले सन् १९७१ मा भारतलाई दवाब दिन बंगाल खाडीमा आफनो सैन्य बेडा पठाएका थिए । त्यतिबेलाको परिस्थितिमा दिइएका उनका बयानहरु अहिले बाहिर आएका छन् । हालै सार्वजनिक अर्काइवल डाटाबाट रिचर्ड निक्सनले विश्वकै सबैभन्दा कुरुप देखिने महिला भारतिय भएको टिप्पणी गरेको पत्ता लागेको हो ।

प्रिन्सटनको प्राज्ञिक गेरी बासलाई प्राप्त भएको नयाँ सामाग्रीमा निक्सनको उक्त बयानहरु परेका छन् । भारतका महिला अन्त्यन्तै दयनिय छन् र भारतियहरु अरुचिकर भएको निक्सनले बताएका थिए् । यो बयान तात्कालिन सुरक्षा सल्लाहकार हेनरी किसिन्जर र ह्वाइट हाउस चिफ अफ स्टाफ एच आर होल्डमनसँग सन् १९७१ जुनमा ओवल अफिसमा भएको कुराकानीका क्रममा निक्सनले दिएका हुन् ।

निक्सन प्रसिडेन्सियल लाइब्रुअरी एन्ड म्युजियमका सामाग्रीहरु बर्गिकरण गर्न कानुनी मान्यता लिएपछि बासले उक्त टेप हासिल गरेका हुन् ।

निक्सनले भनेका थिए – ‘यसमा कुनै आशंका छैन विश्वमा सबैभन्दा कुरुप देखिने महिला भारतिय हुन् । यीनीहरु सबैभन्दा कामुकता विहिन हुन् । मानिसहरु अश्वेत अफ्रिकीहरुका बारेमा प्रश्न गरिरहेका हुन्छ । त्यहाँ त कम्तिमा उनीहरु प्रति जनावरको जस्तो उत्सुकता त हुन्छ, तर भारतिय महिला दयनिय नै हुन् ।’

भारत विरुद्ध निक्सनको नकारात्मक धारणा यतिमा टुँगिएको देखिँदैन । उनले सन् १९७१ नोभेम्बर ४ मा किसिन्जरलाई भनेका थिए – उनीहरु मलाई टर्न अफ गरिदिन्छ । उनीहरु अर्को ब्यक्तीलाई कसरी टर्न अन गर्छन् ? उनले अगाडी थप्दै भनेका थिए, भारतिय माथि कडाई गर्न पनि सहज छ ।

सन् १९७१ नोभेम्बर १२ पछि भारत पाकिस्तान तनावका विषयमा छलफल गर्ने क्रममा किसिजर र गृह सचिव विलियम राजर्सलाई निक्सनले भनेका थिए – मलाई थाहा छैन उनीहरु बच्चा कसरी जन्माउँछन् ।

यी टेपबाट त्यतिबेला दक्षिण एसियालाई लिएर अमेरिकी नितिमा निक्सनको यो घृणाको कति असर परेको होला भन्ने अनुमान गर्न सकिने बासले बताए । उक्त टेपमा किसिन्जर पनि निक्सनको बयानमा सहमत देखिएको र त्यतिबेला बंगालमा उत्पन्न संकटका लागि भारत जिम्मेवार भएको बताएका थिए । किसिंजरले भारतिय तथा तात्कालिन भारतिय प्रधानमन्त्री इन्दिरा गान्धीलाई लिएर गरेका टिप्पणीहरुका लागि माफि पनि मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्