ललितपुर महानगरले अपागंता मैत्री ‘क्याब’ ल्याउने



न्युज अफ नेपाल, ललितपुर ।

अब अपागंता भएका व्यक्तिहरुको हिड्डुल धेरै सहज हुने भएको छ । ललितपुर महानगरपालिकाले अपागंता मैत्री ट्याक्सी ( क्याब) ल्याउन लागेकाले उनीहरुको हिड्डुलमा सहजता हुन लागेको हो । त्यस्तो ‘ क्याब’ ल्याउनका लागि सोमबार ललितपुर महानगरपालिका , स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वाबलम्बन जीवन पद्धति केन्द्र, इरुका जापानबीच त्रिपक्षीय सम्झौता भएको छ ।

ललितपुर महानगरपालिकाले स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वाबलम्बन जीवन पद्धति केन्द्र इरुका जापानसँग समन्वय गरेर यो ‘ क्याब’ समन्वयमा गरेर ल्याउन लागेको हो ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अपागंता भएकाहरुको जीवनयापनलाई सहज बनाउन महानगरपालिकाले विशेष किसिमको हाललाई एउटा ‘क्याब’ल्याउन लागेको बताए । उनले भने, ‘ अपागंता भएकाहरुलाई अन्य सवारी साधनमा हिड्डुल गर्न धेरै गाह्रो छ, त्यसैले यस्तो क्याब ल्याउने निधो गरेका हौं ।’ यो क्याबमा ह्वीलचियरसहित चढ्न सकिन्छ । चारवटा ह्वीलचियरमा बसेका अपागंता भएका व्यक्ति र उनीहरुका सहयोगी अट्ने क्षमता यो क्याबको हुन्छ ।

ललितपुर महानगरपालिकाका अनुसार यसको संचालन लागि आवश्यक पर्ने निश्चित लिटर तेल, मेन्टिनेन्सन खर्च, सवारी करको खर्च महानगरले तिर्ने छ । सवारी चालकको व्यवस्था पनि महानगरले गर्नेछ । महानगरका प्रमुख चिरीबाबु महर्जनले भने, ‘यो ल्याउनुको मुख्य उद्देश्य उहाँहरुको सहजताको लागि हो , कुनै कार्यक्रम परेर धुलिखेल जानुपर्यो भने लानसक्नु हुन्छ ।’ कहाँ र कसरी संचालन गर्ने कुराको निर्णय स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरले गर्ने महानगरले जनाएको छ । अपागंता मैत्री यो क्याबका खरिदका लागि ललितपुर महानगरपालिकाले २० लाख, स्वाबलम्बन जीवन पद्धति केन्द्र इरुका जापानले १५ लाख र स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरले तीन लाख रुपैयाँ खर्च गर्ने सम्झौता पत्रमा उल्लेख छ । सम्झौंता पत्रका अनुसार चार महिनाभित्र उक्त क्याब नेपालको सडकमा गुडिसक्नु पर्नेछ ।

सम्झौता पत्रमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, स्वाबलम्वन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्ने कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वाबलम्बन जीवन प्रद्धति केन्द्र ललितपुरका महासचिव कृष्ण गौतको उपस्थिति थियो । अपागंतामत्री क्याब ल्याउन ललितपुर महानगरपालिकाले देखाएको सक्रियता प्रसंशा गर्दै महानगर अपागंता भएकाप्रति संवेदनशील भएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्