काठमाडौँको एकै वडामा १९८ संक्रमित



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौं महानगरमा भदौ १३ गतेसम्ममा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ हजार ४५२ पुगेको छ । यी बिरामीको सम्पर्कमा भएका ४, २१३ जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ । महानगरमा भदौ १२ गते २, ३४३ संक्रमित भएकोमा १३ गते १०९ जना थपिएर २,४५२ पुगेको हो । यस दिनसम्ममा ५४८ जना होम आइसोलेसनमा र ५४१ जना अस्पतालमा हुनुहुन्थ्यो । ४६० जना निको भएर फर्किनुभएको छ भने १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा ३, ७, १२, १३, २०, २१, २२, ३१ र ३२ मा १/१ जना वडा ४ मा २ जना, १० मा ३ जना र २७ मा २ जना व्यक्ति हुनुहुन्छ ।

१४ र १५ गते पहिचान भएका बिरामीहरुलाई सम्पर्क गर्ने, ठेगाना एकिन गर्ने, उपचारमा पठाउने काम भइरहेको छ । सहरी स्वास्थ्य महाशाखका निर्देशक हरिबहादुर कुँवर भन्नुहुन्छ-‘ पिसिआर परीक्षणका समयमा व्यक्तिले टिपाएको ठेगाना फरक पर्ने समस्या देखिएकोले बिरामी भेट्टाएपछि मात्र तथ्याङ्क एकिन गर्ने गरेका छौं । अस्थायी बसोबास गर्ने व्यक्तिलाई वडागत सिमाना थाहा नहुँदा वडा र ठेगाना फरक पर्ने गरेको छ । बिरामी पत्ता नलागी सख्या उल्लेख गर्दा बिरामी भएका ठाउँमा प्रभाव नहुने तर बिरामी नै नभएका ठाउँमा व्यक्तिहरु प्रभावित हुन थालेपछि बिरामी एकिन भएपछि मात्र संख्या उल्लेख गर्न थालेृका छौं ।’

भदौ १३ गतेसम्मको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै वडा ३२ मा संक्रमितको संख्या १९८ पुगेको छ । जसमध्ये ७१ जना निको भएर फर्किनुभएको छ । ३६ जना अस्पतालमा उपचाररत हुनुहुन्छ भने ५४ जना होम आइसोलेसनमा हुनुहुन्छ । वडामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ भने संक्रमितको सम्पर्कमा रहनुभएका ४५० जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ । दोश्रोमा वडा ३ मा संक्रमितको संख्या १८० पुगेको छ । जसमध्ये ५८ जना निको भएर घर फर्किनुभएको छ, २८ जना होम आइसोलेसनमा र ७९ जना अस्पतालमा हुनुहुन्छ । वडामा १ जनाको मृत्यु भएको छ । वडामा १२८ जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ ।

तेश्रो धेरै संक्रमण भएको वडा १६ हो । यस वडामा १६६ जना बिरामी हुनुहुन्छ । जसमध्ये होम आइसोलेसनमा २७ जना अस्पतालमा ६० जना उपचाररत हुनुहुन्छ । २५ जना निको भएर फर्किनुभएको छ भने मृत्यु कसैको भएको छैन । वडामा २७५ जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ ।

यसरी हेर्दा वडा ३२ का १९८ जनामध्ये १६२ जना, वडा ३ का १८० मध्ये १६६ जना र वडा १६ का १६६ मध्ये ११२ जना तथ्याङ्कमा आएका छन् । अरु खै तरु प्रश्नको उत्तरमा महानगरका बरिष्ट कविराज निरीक्षक ज्ञानबहादुर ओली भन्नुहुन्छ -‘ अस्पतालबाट उपचार गरेर फर्कनेको संख्या अद्यावधिक गर्न समस्या परिरहेको छ । उपचार गर्न गएपछि कहिले फर्किनुभयो भन्ने खवर न अस्पतालबाट आउँछ । न बिरामीले थाहा दिनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्