मकवानपुरका चार स्थानीय तहमा निषेधाज्ञा हट्यो



न्युज अफ नेपाल, हेटौंडा ।

जिल्ला प्रशासन कार्यालयले मकवानपुरका ४ स्थानीय तहमा लगाएको निषेधाज्ञा मंगलबारबाट हटाउने भएको छ । बजार क्षेत्र बन्द गर्ने स्वरुप पनि परिवर्तन गरिने भएको हो ।

हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका राजमार्ग क्षेत्रमा साउन २६ गतेदेखि जारी निषेधाज्ञा हटाइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनुभयो । कमाण्ड पोष्ट बैठकले निषेधाज्ञा हटाएर दिउँसो बजार र यातायात भने बन्द राख्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यही निर्णयपछि थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा लगाइएको निषधाज्ञा पनि हटाइने उहाँले बताउनुभयो । निषधाज्ञा हटेसँगै हेटौंडाका चोकचोकमा परिचालन गरिएका नेपाली सेना ब्यारेक फर्कनेछन् ।

हालको स्वरुपलाई केही सहज बनाइने प्रजिअ नेपालले बताउनुभयो । विहान १० बजेसम्म सबै प्रकारका व्यबसाय सञ्चालन गर्न दिइने र यातायात भने बन्द गरिने भएको छ । दिउँसो केही घण्टा बैंक तथा कार्यालय खुल्न सहज बनाइएको छ ।

बैठकले निषेधाज्ञा हटाउने निर्णय गरे पनि बजार सञ्चालन भने विहान १० बजेसम्म गर्न दिने निर्णय गरेको छ । उक्त निर्णय भदौ २५ सम्म लागु हुनेछ । विहान बजार सञ्चालन भए पनि सवारीसाधन भने रोक लगाइने छ । १० बजेबाट ट्रिपर सञ्चालन गर्न पाइने छ भने लोड सवारी साँझ सात बजेपछिमात्र सञ्चालन हुनेछन् । उद्योगको हकमा भने मजदुरलाई क्वारेन्टाइन व्यबस्थापन गरेर सञ्चालनमा आउनेछन् । सार्वजनिक यातायात भने सञ्चालनमा पूर्ण रोक लगाइनेछ ।

बैठकले सर्वसाधारणका लागि खाद्यान्न, इन्धन, तरकारी, दुग्धजन्य र औषधिजन्यलगायत अतिआबश्यक बस्तु खरिद गर्न विहान ५ बजेदेखि १० बजेसम्म पसल व्यबसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बैठकले जिल्लाभरका वित्तीय संस्था, बैंकहरु दिनभर सञ्चालन गर्न दिनुका साथै उक्त प्रयोजनका लागि जाने सर्वसाधारणलाई निजी सवारीसाधनहरु मात्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

मकवानपुरमा अर्को आदेश नभएसम्मका लागि विभिन्न सभा, समारोह, गोष्ठी, धार्मिक पर्वका नाममा भेला गर्न नपाइने र एक जिल्लाबाट अर्को जिल्ला जान निषेध गरिएको छ । मकवानपुरमा खाद्यान्नलगायत विभिन्न सामग्रीहरु लोड÷अनलोड गर्न बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म समय निर्धारण गरि

प्रतिक्रिया दिनुहोस्