किर्ते गरी हडपिएको करोडौं मूल्य बराबरको सरकारी जग्गा वन क्षेत्रलाई फिर्ता



सुभेन्द्र दास, लहान  ।

गोलबजार नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको झण्डै अढाई बिघा सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता भएको छ ।

पूर्वपश्चिम राजमार्गमा रहेको करोडौं मूल्य बराबरको सरकारी जग्गा नक्कली सुकुम्बासी खडा गरी व्यक्तिको नाममा पास गरेपछि भदौ ११ गते फिर्ता गराइएको पत्रकार सम्मेलनमा प्रजिअ कणेलले जानकारी गराए। जिल्ला वन कर्यालय सिरहा र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको विशेष सक्रियताले नक्कली र किर्ते गरी हडपिएको करोडौंको जग्गा पुन फिर्ता गरिएको हो ।

नगरपालिका र सरोकारवाला निकायकै मिलेमतोमा सुकुम्वासी जग्गा गैर सुकुम्वासीको नाममा पास भएको तथ्य बाहिरिएको थियो । चन्द्रउदयपुर ८ ९क० ९हाल, गोलबजार नपा ८० अन्तर्गत पर्ने कित्ता नम्बर ४२० को २ बिघा ९ कठ्ठा ३ धुर क्षेत्रफल भएको उक्त जग्गा २०५८ सालतिर धनगढीमाई नगरपालिकाकी विना चौधरी र सिरहा नगरपालिकाकी अनिता साहको नाममा संयुक्त पास भएको थियो ।

सम्बन्धित निकायकै मिलेमतोमा सुकुम्बासी जग्गा गैर सुकुम्बासीको नाममा पास भएको कुरा बाहिर आएपछि नगरपालिकाले २०७५ सालमा रष्टरी बदरको निम्ति जिल्ला अदालत सिरहामा मुद्दा चलेको थियो । मुद्मामा अदालतले समेत सो जग्गा पास भएकाहरुकै नाममा सदर गरिदिएको थियो । जिल्ला अदालत सिरहाका न्यायाधीश योगेन्द्र प्रसाद साहको इजलास नम्बर १ ले उक्त जग्गा निज साह र चौधरीकै नाममा चलनचल्ती कायम गरिदिएको अवस्थामा सिडिओ कणेलको विशेष सक्रियताले सरकारी जग्गा भएको छ ।

२ विघा ७ कठ्ठा १५ धुर जग्गा तत्कालीन सुकुम्वासी समस्या समाधान आयोगले २०५८ साल असार ९ गतेमा निर्णय गरि एउटै व्यक्ति फौज बहादुर भट्ट क्षेत्रीको नाउँमा दर्ता गराई दिएको थियो । ती व्यक्तिले १५ लाख रुपैयाँ थैली राखी गत विं सं. २०७४ असोज २० का दिन मालपोत कार्यालय सिरहाको रजिष्ट्रेसन नं. २६६० बाट साह र चौधरीको नाममा दर्ता गराएको खुुलेको छ ।

प्रतिक्रिया दिनुहोस्