धुन्चेस्थित नेपालकै पहिलो तामाङ संग्रहालयको रेखदेखमा कमी



सरस्वती न्यौपाने, धुन्चे ।

गोसाईकुण्ड गाउँपालिका वडा नंं. ६ धुन्चेमा अवस्थित नेपालकै पहिलो तामाङ संग्रहालयको चासो र रेखदेखमा कमी हुँदै गएको छ ।

संग्रहालयको अध्यक्ष सेन नुर्पु तामाङका अनुसार २०४५ साल देखि तामाङ संग्रहालय थियो तेतिबेला भवना थिएन तर २०५७/०५८ साल तिर टि आर पिएपि भन्ने संस्थाले भवन बनाईदियो त्यस पछि समिति पुर्न संगठन गरि अध्यक्ष सेन नुर्पु तामाङ हुन भयो । यस संस्थाले केही न केही नौलो खालको दिगो हुने के काम गर्ने त भन्दा नेपाल भरि बुझेपछि नेपाल भए नभएको तामाङ संग्रहालय बनाउने निधो गरेपछि धुन्चे गाउँको विचमा संग्रहालय स्थापना भयो भवन सहितको ।

परम्परागत रुपमा रहि आएको तामाङ धर्म संस्कृति झल्किने सामानहरु राखियो । रसुवा जिल्ला तामाङ जातिको बाहुल्यता रहेको ले पनि यस्तो संग्रहालय राख्नुपर्छ जिल्लाको शान र धुन्चेको मानको रुपमा रहेको छ । तैपनि ओझेलमा परे जतिकै भएको छ । तामाङ समुदायको गौरवको रुपमा रहेको भावि पुस्ता सम्म नहुने हो भन्ने चिन्ता अध्यक्ष तामाङको रहेको छ । पुरानो शैली रहन सहन, संस्कृति हराएर जाने अवस्थामा रहेको छ ।

अनेकतामा एकता रहेको यस जिल्लामा संग्रहालय स्थापना गरेपछि चासो दिएर थप के गर्ने भन्ने बारेमा सबै अन्यौलमा रहेका छन् । नेपाल भर कहि कतै नभएको संग्रहालय रसुृवाको सदरमुकाम धुन्चेमा बनाइएको छ । लाखौ खर्च गरेर बनाइएको भवन र भवन भित्रका बहुमुल्य सामानहरु प्रति स्थानिय सरकारको ध्यान नगएको हो वा ध्यान गएर पनि वास्ता नभएको होला आम नागरिकको चासोको विषय बनेको छ ।

अबका पुस्ताहरुले आफ्नो संस्कृति विर्सिएर विदेशी चलन अगांले पनि आफ्नो पहिचान के हो भन्ने अर्थ हुुदैन ।

प्रतिक्रिया दिनुहोस्