गिभ टु एशियाको सहयोगमा पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण



न्युज अफ नेपाल, काठमाण्डौ ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रभागमा क्रियाशील रहने पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ ।  गिभ टु एशियाको सहयोगमा गुडवीभ फाउण्डेशनले नेपाल पत्रकार मञ्चको केन्द्रीय कार्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको हो ।
लकडाउन भएदेखि नै विभिन्न पेसामा रहेका व्यक्तिहरुलाई निरन्तर सहयोग गर्दै आएको संस्थाले पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

कोरोना भाइरसलाई रोकथाम र नियन्त्रणका लागि महिला पत्रकारहरुलाई सेनिटरी प्याड, पञ्जा, मास्क, स्यानिटाइजर, साबुन लगायतको सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा नेपाल गुडविभ फाउण्डेशनका अध्यक्ष समिकविक्रम शाहले आफूहरुले बालबालिकालाई संरक्षण गरी शिक्षा प्रदान गर्दै आईरहेको भएपनि वर्तमान संक्रमणको बेला सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षामा केही सहयोग होस् भन्ने हेतुले पत्रकार मञ्चको सहकार्यका स्वास्थ्य सामग्री वितरण गरेको बताउनुभयो ।

यस्तै फाउण्डेशनका महासचिव किरण थापाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका बारेमा आम रुपमा सचेतना अभिबृद्धि गर्न क्रियाशील पत्रकारहरुको सुरक्षाको निम्ति स्वास्थ्य सामग्री वितरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

नेपाल पत्रकार मञ्चले नेपालमा कोरोना भाइरसको रोकथाम नियन्त्रणका निम्ति अग्रभावका क्रियाशील पत्रकारहरुलाई आवश्यक सुरक्षा सामग्री तथा प्रेस समेत वितरण गरिसकेको नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्