स्वास्थ्यमा समस्या देखिए पछि जापानका प्रधानमन्त्री आबे राजीनामा दिने सोंचमा !



जापान ।

जापानका प्रधानमन्त्री सिन्जो आबे राजीनामा दिने सोंचमा पुगेको जापानी समाचारहरु माध्यमहरूले समाचार दिन थालेका छन् । केही दिन देखि अस्वस्थ रहेको हुनाले काम गर्न बाधा पर्ने हुनाले राजीनामा दिने सोंचमा रहेको जनाईएको छ ।

आबेले कहिले राजीनामा दिन्छन त्यो बारे समाचारहरुमा केही खुलाईएको छैन तर अर्को महिना सेप्टेम्बर सम्ममा राजीनामा दिन सक्ने आङ्कलन गरिएको छ ।

स्वास्थ्यमा समस्या उत्पन्न भएपछि आबे नियमित अस्पताल गइरहेका छन । यस अघि २००७ सालमा पनि स्वास्थ्यमा समस्या देखा परेपछि ३६६ दिनमै प्रधानमन्त्री आबेले राजीनामा दिएका थिए ।

आबे सन २०१२ देखि लगातार प्रधानमन्त्रीको कुर्सीमा छन् । जापानमा कोरोनाको सन्क्रमण बढेका बेला उनले लगातार १४७ दिन काम गरेका थिए ।

प्रधानमन्त्री आबेले आज जापानको समय अनुसार ५ बजे पत्रकार सम्मेलनको आयोजना गरेको र त्यहाँ आफ्नो पछिल्लो स्वास्थ्य अवस्था र राजीनामाका बिषयमा मुख खोल्न सक्ने यहाँको माइनिची पत्रिकाले अनुमान गरेको छ ।

आबे राजीनामा दिने मनस्थितिमा पुगेको पुष्टि सत्तारुढ दलका अधिकारीहरुले गरेको माइनिचीले समाचारमा उल्लेख गरेको छ । आबेको उत्तराधिकारी को हुने भन्ने खूलाइएको छैन तर उत्तराधिकारीका बिषयमा सत्तारुढ दल भित्र निकै छलफल भैरहेको संचार माध्यमहरुले उल्लेख गरेका छन ।

प्रतिक्रिया दिनुहोस्