जन्मदिनमा १० औंला जोडेर दीपाश्रीको आग्रह: आफ्नै सम्झेर माफी दिनुहोला



लोकप्रिय हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले यसपालि आफ्नो जन्मदिन फरक ढंगले मनाइन्। जन्मदिनका दिन सोमबार उनी भावुकरूपमा फेसबुकमा देखिइन्, दर्शकसँग दुई हात जोडेर माफी माग्दै गरेको देखिइन्।

एक टेलिभिजन कार्यक्रमको अन्तर्वार्तामा अभिनेता राजेश हमाललाई ‘महानायक हुनुहुन्छ र?’ भनेका कारण विवादमा परेकी उनले सोही प्रसंगमा दर्शकसँग माफी मागेकी हुन्। उनले झन्डै ८ मिनेट लामो भिडियो सन्देशमा बोल्दै समस्याबाट भाग्नुभन्दा पनि समस्यालाई व्यवस्थापन गर्नु ठूलो हुने भन्दै आफ्नो फेसबुक अकाउन्टमा भिडियो सन्देश पोस्ट गरेकी छिन्।

३० वर्ष लामो कलाकारिताका क्रममा आधा समय पीडादायी नै भएको जनाउँदै २०६० सालमा हास्य सिरियल तीतो सत्यपछि पछाडि पर्केर हेर्न नपरेको र फिल्मका लागि दर्शकले माया गरेको स्मरण गर्दै दीपाले सोमबार दुई हात जोडेर भिडियोमा भनेकी छिन्– ‘मेरो अभिव्यक्तिले तपाईंहरू सबैको मन दुखेको छ। कृपयाँ, आफ्नै दिदीबहिनी सम्झिएर माफी दिनुहोला।’

भिडियोमा दीपाले मानसिकरूपमा तयार नै नभई अन्तर्वार्ता दिन जानु आफ्नो गल्ती भएको महसूस सुनाउँदै व्यक्तित्व विकासमा आफू धेरै कमजोर रहेको बताइन्। ‘जब तीतो सत्य आयो २०६० सालमा, त्यसपछि मैले दर्शकको साथ र मायाले गर्दाखेरी पछाडि फर्केर हेर्नु परेन।

तीतो सत्यको ६ सय भाग, ६÷७ वटा चलचित्र, छक्का पञ्जा–१, २, ३ सिरिजबाट त झन् यति सफल बनाइदिनुभयो हामीलाई, त्यसका लागि दर्शकहरुसँग नतमस्तक छु। कामको सफलता त पाएँ मैले, तर व्यक्तित्व विकासका कुराहरुमा चाहिँ मेरो अझै कमजोरी रहेछ’, भिडियोमा दीपाश्रीले भनेकी छिन्– ‘मिडियामा कसरी फेस गर्ने, कसरी शिष्ट हुने, कसरी सरल हुने, मिडियामा बोल्दाखेरी कसरी चलाखीपूर्ण तरिकाले जवाफ दिने, त्यो कुरामा चाहिँ मेरो अझै कमजोरी रहेछ। यो कुराले पनि एउटा राम्रै शिक्षा दियो मलाई। ठूलो आँधीबेरी आउँदा एउटा ठूलो रुखमा कुहिएका फलहरू जसरी झर्छन् नि, त्यसै गरी ममा भएको कमी–कमजोरी पनि यो घटनाले गर्दा झ¥यो।’

दीपाले भिडियोमा भनेकी छिन्– ‘त्यो इन्टरभ्यूमा मैले तीनवटा गल्ती गरें। पहिलो गल्ती इन्टरभ्य’का लागि फोन आएपछि मैले दीपक (दीपकराज गिरी) जीलाई म इन्टरभ्यूमा जाँदै छु भनेें। घरमा यति धेरै रस छ, यति धेरै विवाहको तयारी भइराछ, फेरि इन्टरभ्यूमा जाँदा तयारीमा जानुपर्छ तिमी भन्ने दीपकजीका कुरालाई पनि बेवास्ता गर्दै टीका लाको दाइले बोलाको हो, त्यहाँ दाजु र बहिनीको एउटा सम्बन्ध थियो भनेर त्यो इन्टरभ्य’मा गएँ बिनातयारी। त्यो मेरो पहिलो गल्ती थियो। दोस्रो गल्ती मलाई लगातार यस्ता–यस्ता आरोप लाग्ने घोचिला–पेचिला प्रश्नहरू, मैले आफूलाई कन्ट्रोल नै गर्न सकिनँ, मेरो आवेगलाई कन्ट्रोल गर्न सकिनँ। र, मेरो बडी ल्याङ्वेजमा समस्या आयो।

तेस्रो गल्ती भनेको चाहिँ, प्रमुख गल्ती कूटनीतिक चलाखी मैले त्यहाँ देखाउन सकिनँ। म एउटा कलाकार भएर अर्को सिनियर कलाकारको बारेमा टिप्पणी गर्न पुगें। त्यो मेरो ठूलो भुल हो। त्यसपछि मलाई यति धेरै गालीगलौज आयो, यति धेरै तिरष्कारका शब्दहरू आयो। मलाई लाग्यो…’, उनी भक्कान्छिन् र ‘सरी’ भन्दै फेरि भन्छिन्– ‘हुन त सफलता सँगसँगै यो गाली हाम्रो भाग्यमै टाँसिएर आएको रहेछ। यो घटना अगाडि पनि हाम्रो फिल्मको गीत, ट्रेलर रिलिज हुँदा पनि हामीले गाली नै खान्थ्यांै। धेरै कुरा हामीले सहँदै आएका थियांै। यो गाली हामीलाई बानी नै परिसक्याथ्यो।

तर, यो घटनमा दीपकजीले मलाई तैंले गल्ती गरिस्, तंैले राजेश हमाल दाइका बारेमा राम्रो अभिव्यक्ति दिनस् भनिरख्दा पनि मेरो साथी दीपकजीलाई नै महानायक बनाइयो, ट्रोल बनाइयो। मभन्दा धेरै गाली खानुभयो उहाँले। मेरो टिमलाई समेत आक्रमण भयो। मेरो कारणले मेरो टिमलाई नै संकट आउन पुग्यो।’

दीपाले भावुक हुँदै र सम्हालिँदै भनेकी छिन्– ‘मलाई एकदमै आत्मग्लानी भयो। तर, केही छैन, मेरा धेरै शुभचिन्तक, मेरा आफन्तहरूको माया, साथ र हौसलाले गर्दा आज म फेरि उठें।’ दीपाले दुई हातका १० औंला जोड्दै आग्रह गरेकी छिन्– ‘आज मेरो जन्मदिन, अबदेखि कहिल्यै पनि यस्तो गल्ती दोहो¥याउँदिन। व्यक्तित्व विकासमा पनि समय खर्चिन्छु। प्यारा दर्शकका लागि राम्रो फिल्म बनाउने कोशिस गर्छु। छुटाउनै नहुने कुरा के छ भने फ्यानहरू राजेश दाइको फ्यानहरू, मेरो फ्यानहरू भन्ने हुँदैन, सबै कलाकारको फ्यानहरू फ्यानहरू नै हुनुहुन्छ आखिर। उहाँहरूलाई के रिक्वेस्ट गर्न चाहन्छु भने मेरो अभिव्यक्तिले यहाँहरूको मन दुखेको छ। प्लिज, आफ्नै दिदीबहिनी सम्झेर मलाई माफी दिनुहोला।’

प्रतिक्रिया दिनुहोस्