अभिषेक भारतीय क्लबमा



काठमाडौं, (नेस)
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाल भारतीय क्लब मोहमडन एसीमा अनुबन्धित भएका छन्। भारतीय फुटबल लिग (आई लिग) को दोस्रो श्रेणीको क्लब मोहमडनसँग अभिषेकको वर्षको सम्झौता भएको हो। उनले अब २०२३ सम्म आई लिग र कोलकाता लिगमा खेल्न पाउनेछन्।
एसियन कोटामा मोहमडनले अभिषेकलाई सम्झौता गरेको हो। तर, कति रकममा अनुबन्ध गरिएको सो भने खुलाइएको छैन। क्लब आईलिगका लागि छनोट हुन नसकेको खण्डमा भने अभिषेक अन्य क्लबमा जान सक्ने सम्झौतामा नै उल्लेख गरिएको छ। गत वर्ष ए डिभिजन लिग चल्दै गर्दा पनि अभिषेक माल्दिभ्स लिग खेल्न गएका थिए।

प्रतिक्रिया दिनुहोस्