उत्तर कोरियामा घरमा जनावर पाल्न नदिइने



सोल। उत्तर कोरियाली सर्वोच्च नेता किम जोंंग उनले प्याेंंङयांङमा घर घरमा जनावर पाल्न प्रतिवन्ध लगाउन लागेको स्थानीय संचार माध्यमले जनाएका छन् ।
अज्ञात सूत्रलाई उदृत गर्दै दक्षिण कोरियाली अखवार चोसुन वोले किमले यसरी घरमा जनावर पाल्नेहरुलाई सामन्ती सिद्धान्तबाट प्रेरित भ्रष्ट व्यक्ति भन्दै आलोचना गरेको उल्लेख गरेको छ ।
ड्ड उत्तर कोरियाको तल्लो वर्ग र गरिवहरुका घरमा सुंगुर र अन्य चौपाया पालिने तर उच्च पदस्थ सरकारी अधिकारी तथा धनाढ्यहरुका घरमा कुकुर पालिने गरेकाले समाजमा आक्रोशको सिर्जना भएको पनि बताइएको छ ।
चोसुन वोका अनुसार यस नयां अभियान अन्तर्गत घरमा पालिएका अन्य जनावर चिडियाखाना पठाइने तथा कुकुरहरु भने कुकुरको परिकार बेचिने रेस्टुरेन्टहरुलाई उपलब्ध गराइनेछन् । यसरी घरमा कुकुर लगायत अन्य जावर पाल्ने परिपाटी पश्चिमी पुँजीवादी सोच भएको भन्दै किमले गत जुलाईमा नै घर घरबाट जनवार जफत गर्न आदेश दिएको बताइएको छ ।
सरकारी अधिकारीहरुले कस–कसका घरमा जनावर पालिएका छन् भन्ने लागत लिने काम सम्पन्न भइसकोकाले तिनीहरुलाई स्वतस्फुर्त आफ्ना जनावर बुझाउन अनुरोध गर्नुका साथै अटेर गर्नेहरुका जनवार जवर्जस्ती उठाइने बताएका छन् । कोराना भाइरसको महामारीको चपेटामा परेको उत्तर कोरियामा अहिले खाद्यान्न अभाबको समस्या पनि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्