जनतालाई किमको निजी अन्न वितरित



सोल,(एजेन्सी)
उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनले हालै त्यहाँ आएको भिषण बाढीका पिडितहरुलाई ख्वाउनका लागि आफ्नै निजी अन्न भण्डार रित्याउँदैछन् । अगष्टको शुरुमा आएको सो बाढीले झण्डै १ हजार ५सय एकड धानखेत बगाउनुका साथै करिव ७ सय ३० वटा एक तल्ले घर र १ सय ७९ वटा हाउजिंग ब्लक नष्ट पारेको प्योंगयांगको सरकारी संचार माध्यमले जनाएको छ ।
ड्ड दक्षिण कोरिया स्थित अमेरिकी केन्दि«य अनुसन्धान निकायका पुर्व प्रमुखका अनुसार किमले यस्ते निर्णय लिनुको पछाडि उत्तरकोरियाको गम्भीर अर्थतन्त्र र खाद्यान्न अभाबको वास्तविकता लुकको छ । अन्तर्राष्ट्रिय समबन्धबाट एक्लिएको उत्तर कोरिया अहिले कोरोना भाइरसको महामारीसग पनि सामना गरिरहेको छ ।
ड्ड आवशयक पूर्वाधारको कमिको कारण मनसुनको भिषण वर्षाले उत्तर कोरियालाई तहस नहस बनाउने गरेको छ । नब्बेको दशकमा पनि बाढीले मुलुककै करिव खेतीयोग्य जमिन नष्ट गरेको थियो । अहिले सम्म बाढीको कारण करिव २२ लख ५ हजार मानिसको ज्यान गइसकेको सरकारी अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्