भारतिय मुलकी कमला हारिस डेमोक्र्याटिक उपराष्ट्रपति पदको उम्मेदवारमा चयन



वासिंगटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोय बाइडेनले भारतिय मुलकी कमला हारिसलाई उप राष्ट्रपति पदका लागि आफनो उम्मेदवार चयन गरेका छन् । उनको चयनले यदि बाइडेन राष्ट्रपति पदको चुनावमा विजयी बनेमा अमेरिकाको इतिहसमा कमला एसियाली मुलकै पहिलो उपराष्ट्रपति बन्ने छिन् ।
डेमोक्र्याटिक राष्ट्रपति पदका उम्मेदवार बाइडेनले मंगलबार ट्विट मार्फत उक्त जानकारी दिएको हो । कमला हारिसलाई आफ्नो उप राष्ट्रपति पदको उम्मेदवार चयन गर्न पाएकोमा आफुलाई गर्व लागेको उनल ट्विटमा लेखेका छन् । बाइडेनले उनलाई बहादुर योद्धा र अमेरिकाका सबैभन्दा उत्कृष्ट ब्युरोक्र्याट्सको संज्ञा दिए ।
कमला हरिस क्यालिफोर्नियाको न्यायधिवक्ता रहँदा आफुले उनले काम गरेको देखेको बाइडेनले बताए । उनले कसरी ठुलठुला बैंकहरुलाई चुनौती दिएकी थिइन, काम गर्नेहरुलाई मद्दत गरेकी थिइन र महिला तथा बच्चाहरुलाई शाषणबाट बचाएकी थिइन् , मैले आफैले देखेको थिएँ ।
त्यतिबेला पनि आफुले गर्व गरेको र आज पनि उनी यस अभियानमा मेरो सहयोगी हुने भएकोले गर्व महसुस गरिरहेको बाइडेनले अर्को ट्विटमा उल्लेख गरेका छन् ।
क्यालिफोर्नियाकी सिनेटर कमला हारिसले एक समय जोय बाइडेनलाई राष्ट्रपति पदको उम्मेदवारका लागि चुनौती दिइरहेकी थिइन । यद्यपी राष्ट्रपति पदको दौडबाट बाहिर भएपछि पनि बाइडेनले उनलाई उपराष्ट्रपति पदका लागि आफनो साथी उम्मेदवार चयन गर्ने कुराको चर्चा भइरहेको थियो । अब बाइडेनले यसको घोषणा गरिसकेको छ । उपराष्ट्रपति उम्मेदवार चयन भएकोमा हारिसले ट्विट गरी बाइडेनलाई धन्यवाद दिएकी छन् ।
कमला हारिसले आप्mनो ट्विटमा भनेकी छन्, बाइडेनले अमेरिकी जनतालाई एकजुट गर्न सक्छ किनभने उनले हाम्रो लागि संघर्षमा आप्mनो पुरै जिन्दगी लगाएको छ । राष्ट्रपतिका रुपमा उनले हाम्रो आदर्शमा खरो उत्रने अमेरिका दिनेछ । म आफ्नो पार्टीका तर्फबाट उपराष्ट्रपति उम्मेदवारको हैसियतले उनीसँग आबद्ध हुन पाएकोमा गर्व महसुस गर्दछु र उनलाई आफनो कमान्डर इन चीफ बनाउनका लागि जति गर्नपर्छ, म गर्न तयार छु ।
ट्रम्पका लागि कमला नित्कृष्ट
अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीको उम्मेदवार जोय बाइडेनले भारतिय मुलकी कमला हारिसलाई उपराष्ट्रपति पदका प्रत्यासी बनाएकोमा उनका प्रतिस्पर्धी तथा राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा प्रतिक्रिया दिएका छन् । राष्ट्रपति ट्रम्पले कमला हरिसको उम्मेदवारीले आफु केही आश्चर्यमा परेको बताउँदै उनले सर्वोच्च अदालतका न्यायधिषसँग अत्यन्तै नराम्रो ब्यवहार गरेको बताए ।
ट्रम्पले पत्रकार सम्मेलनमा भने – कमला हारिसले सुनवाइमा सर्वोच्च अदालतका न्यायधिष ब्रेक कवानउगसँग असाधारण रुपमा नराम्रो ब्यवहार गरेकी थिइन् । उनले यति नराम्रो ब्यवहार देखाएकी थिइन्, जुन अत्यन्तै भयानक थियो । जुन तरिकाले कमला हारिसले न्यायधिष बे्रट कवानउगसँग ब्यवहार गरेकी थिइन्, म त्यसलाई छिट्टै विर्सन सक्दिन ।
सन् २०१८ मा न्यायधिष ब्रेट माथि यौन उत्पिडनको आरोप लागेको थियो । त्यतिबेलार कमलाले ब्रेट विरुद्ध कडा प्रश्न उठाएकी थिइन् ।
कमला हारिसलाई अत्यन्तै निकृष्ट भएको टिप्पणी गर्दै प्राइमरी चुनावमा पनि उनको प्रदर्शन अत्यन्त खराब रहेको ट्रम्पले बताए । उनले कर बढाउने र सेनाको बजेट कम गर्ने खालकी भएको ट्रम्पले बताए । उपराष्ट्रपति माइक पेन्स हारिस भन्द अत्यन्त उत्कृष्ट भएको आफुलाई लागेको ट्रम्पले बताए ।

प्रतिक्रिया दिनुहोस्