क्षितिजाद्वारा राहत प्रदान



अभिनेत्री, फेसन डिजाइनर तथा मोडल क्षितिजा शाक्यले कोरोना महामारीका कारण कामकाज ठप्प भई समस्यामा परेकाहरूलाई राहत प्रदान गरेकी छन्।
उनले बिहीबार टेकुस्थित आफूले हालै सञ्चालनमा ल्याएको साम्बरा लाउन्ज एन्ड बारमा आफ्नी समाजसेवी आमा उर्मिला श्रेष्ठका साथ राहत प्रदान गरेकी हुन्। उनले लकडाउन र कोरोना महामारीका कारण काम ठप्प हुँदा हातमुख जोर्न समस्यामा परेका एकल महिला, ठेलागाढा मजदुरलगायत १० जनाको परिवारलाई एक महिनालाई पुग्ने चामल, नुन, तेललगायतका खाद्यान्न सामग्री प्रदान गरेकी हुन्। क्षितिजाले उनीहरू र बालबालिकासहित करिब २५ जनालाई थकाली खानासमेत खुवाएकी थिइन्। यही क्रममा उनले समाजसेवी तथा गायक सपन श्रेष्ठलाई पनि सम्मान गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्