काठमाडौँको टेकु, महाबौद्ध र न्यूरोड क्षेत्र सिल



न्युज अफ नेपाल, काठमाडौँ ।

टेकु, महाबौद्ध र न्यूरोड क्षेत्र सिल गर्ने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका अधिकारीबीच बसेको बैठकले सो निर्णय गरेको हो । यस्तै, नागरिकता र पासपोर्ट वितरण कार्य समेत बन्द गर्ने जनाइएको छ । यी तीन जिल्लामा संक्रमण देखिएका सबै ठाउँ सिल गर्ने बैठकले जनाएको छ । बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा रोक्ने भएको छ ।

यस्तै, तीन वटै जिल्लामा रहेका क्वारेन्टिन र आएसोलेसन पनि थप सुरक्षित बनाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्