वीरगंज कोरोना बैंक बन्दै, एकैदिन १ सय ४२ मा संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं । 

बीरगंज यतिबेला कोरोनाका हट स्पटका रुपमा चिनिदै छ । कोरोना संक्रमणलाई सामान्य मान्दै नेपाल सरकारले समयमै कन्ट्रयाक ट्रेसिङमा ध्यान नदिई लक्षण देखिएका व्यक्तिलाई मात्र कोराना परिक्षण गर्ने र परिक्षणलाई झण्झटिलो बनाएकै कारण कोरोना सक्रमण समुदायमा फैलिएको विज्ञहरुको ठम्याई छ ।

विज्ञहरुले शुरुका दिनदेखि नै पिसिआर परिक्षणलाई मात्र मान्य दिन सुझाव दिँदा सरकारले व्यवास्ता गरि आरडिटीमा जोड दिनुका साथै परिक्षणलाई खासै प्राथमिकतामा नराखेकै कारण अहिले एकै पटक देशभरि कोरोना संक्रमण फैलिएको विज्ञहरुको ठम्याई छ । पछिल्लो समय वीरगंजका असप्तालहरु कोरोना संक्रमितलाई राख्ने सम्म ठाउँ छैन ।

वीरगञ्जमा सेना, प्रहरी, चिकित्सकसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको पहिलोपटक हो । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा १ सय २५ जना पुरुष र १७ जना महिला रहेका छन् ।

यसका साथै नेपाली सेनाका ५ जना, ४५ जना प्रहरी, नारायणी बयोधा अस्पतालका ५ जना चिकित्सकसहित १५ जना, वीरगञ्ज २५ सिर्सिया क्षेत्रमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङ लिईएकाल७२ वर्षीय वृद्ध, ६८ वर्षीया वृद्धा, २१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसका साथै सोही नगरपालिकाका ३३ वर्षीय एक कर्मचारीमा पनि कोरोना पुष्टि भएकोछ । यसअघि वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत सहित १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो ।

५ दिन अघि कोरोना विषेश अस्पताल गण्डकमा भर्ना भएका बारा कलैया उपमहानगरपालिका १ का ३७ वर्षीय पुरुष, नेशनल मेडिकल कलेजमा भर्ना भएका बारा च्युटाहाका २३ वषिर्य युवक, तराई अस्पतालमा उपचाररत ४५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ५३ वर्षीय पुरुष, ५० वर्षीया महिला, ५५ र २४ वर्षका पुरुष, ६९ वर्षीय पुरुष, बाराका ३५ वर्षीया महिला, वीरगंजका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी वीरगंजकै नारायणी बयोधा अस्पतालमा कार्यरत चिकित्सक, स्टाफ नर्स, हाउस किपरमा पनि कोरोना पुष्टि भएको छ । वीरगंजका २९ वर्षीय पुरुष, बाराको परवानीपुर गाउँपालिका २८ वर्षीय पुरुष, ३८ वर्षीया महिला, २७ वर्षका पुरुष र ३३ बर्षका पुरुष गरि ५ जनामा पुष्टि भएको हो ।

संक्रमित हुनेमा वीरगंजका ३८, २४, २२ वर्षीय पुरुष र २२, २२ वर्षीया महिला गरी ५ जना स्टाफ नर्स रहेका छन् । ३३ र २३ वर्षीया महिला, २५ र २० वर्षीय हाउस किपर कर्मचारी र ३० वर्षीया सेक्युरिटी गार्डमा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी नेशनल मेडिकल कलेजमा कार्यरत ३० वर्षीय चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्