कोरोनामै ताप्लेजुङमा लाखे जात्राको रौंनक



दिलकुमार लिम्बू,ताप्लेजुङ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताजस्ता विशेषतायुक्त देश हो ।हामी नेपाली भएको नाताले नेपालको परिचय दिँदा यही शब्दबाट सुरु गर्छौं । विदेशीले पनि यही कुरालाई नेपालको वर्णनको आधार मानेका छन् । यहाँ विभिन्न विद्यमान भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा मानवीय स्रोत, साधन र सम्पदाले यहाँका विभिन्न क्षेत्र, उपक्षेत्र र स्थानबीच विभिन्नता एवं विषमतापूर्ण स्थितिको बोध हुनुका साथै हरेक क्षेत्र र स्थानहरूमा अन्तर्निहित अनगिन्ति प्राकृतिक स्रोतहरूले नेपालको महत्वलाई देश विदेशसम्म फैलिएको छ ।

आफ्नो जाति विशेष, धर्म विशेष, भाषा विशेष छुट्टै मौलिकता पहिचानले सिंगारिएको नेपाली समाज यसैमा गौरवान्वित महसुस हुनु यसको सकारात्मक पक्ष हो । भौगोलिक रूपले यो मुलुक हिमाल, पहाड र तराईमा विभाजित छ । वास्तवमा यहाँको यही विविधता नै हाम्रो पहिचान एवं सम्पदाको स्रोत पनि हो ।

यसैको फलस्वरूप ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा लाखे जात्रा विषेश गरि नेवार समुदायले मात्रै नभएर सबैको शाझा एक पर्व हो । ‘चाडपर्व भनेका हाम्रा साझा सम्पत्ति हुन्, नेपाल बहुजातिक र बहुसांस्कृतिक भएको हुनाले पनि यो पर्व सबैको साझा हो यसरी जिल्लामा नेवार समुदाय मात्रै नभएर अन्य जातजातिले पनि लाखे नाच्ने थालेको छ ।, ढोल, ढोलकी, झ्याम्टा बजाउँदै हिँड्ने गर्न थालेकोले पनि यो पर्व साझा बन्दै गएको छ । लाखे जात्राको समयमा मात्रै लाखे निकाल्ने नभएर ताप्लेजुङमा हुने अन्य उत्सव, महोत्सव तथा पर्वहरूमा पनि लाखे जात्रा निकालिने गरेएको छ ।

नेवार समुदायको धार्मिक र सांस्कृतिक रूपमा गहिरो सम्बन्ध रहेको लाखेजात्राको रौनकले यतिवेला ताप्लेजुङको सदरमुकामका चोक, गल्ली, बजारहरू गुञ्जायमान बन्ने भएको छ । नेवार समुदायका अग्रज तथा युवाहरू भेला भएर लाखेजात्रामा ढोल, झ्याम्टा बजाउँदै, नाच, रोपाइँ नाच, विभिन्न हास्यव्यंग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्परा अनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गरिन्छ । यसैगरी ताप्लेजुङ जिल्ला सदरमुकाम बजार परिक्रमा गराइन्छ ।

स्थानीय युवाहरू संस्कृति र परम्परा संरक्षणको अभियान स्वरूप कृष्ण शुक्ल पक्षको नाग पञ्चमीदेखि ताप्लेजुङमा जिल्लाको सदरमुकाम फुङलिङ बजारमा नेपाल भाषा तथा संकृतीक समाजका अगुवाइमा एक महिना प्रत्येक वर्ष लाखे जात्रा प्रदर्शन गरिरहेका छन् । नेवार समुदायमा प्रचलित लाखे नाच ताप्लेजुङमा निकै लोकप्रिय छ , विस्तारै सरोकारवाला र स्थानीय सरकारले आर्थिक रुपमा बजेट छुट्याउन थालेको नेपाल भाषा तथा संकृतीक समाजका अध्यक्ष शंगर श्रेष्ठ बताउँनु भयो ।

ताप्लेजुङको सदरमुकाममा मात्र नभएर सिदिङवा गाउँपालिकाको साब्लखु बजार, मेरिदेन गाउँपापिकाको दोभान बजार, आठराई त्रिवेणी गाउँपालिको फुलबारी गाउँ र मैवाखोला गाउँपालिकाको साघुँ गाउँमा समेत लाखे जात्रा लाग्र्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । लाखे जात्रा द्वापर युगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै जिल्लामा नेवार समुदाय भएका बजार क्षेत्रमा लाखे नाच मनाउने चलन सबैका लागि मनोरञ्जनको उत्कृष्ट नमुना भएको पुराना बुढापाकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्