कोरोनासंगै नाच्न थालेको काठमाडौंको गाईजात्रा (फोटोफिचर)



न्युज अफ नेपाल,काठमाडौं ।

विश्व स्वास्थ्य संगठनले मानिसले कोरोनासंगै बाँच्नु पर्ने बताउँदै आएका बेला काठमाडौंका स्थानीय भने कोरोनासंगै नाच्न थालेका छन् ।जनैपूर्णिमाको दोस्रो दिन काठमाडौं उपत्यकामा गाईजात्रा मनाईन्छ । यसपटकको गाईजात्रा कोरोना महामारीका कारण विगतझैँ नभएपनि स्थानीयहरु भने संस्कृति जोगाउन निस्किए ।

लकडाउन खुकुलो भएपछि देशभर थप कोरोनाको जोखिम बढेका बेला काठमाडौं उपत्यकामा पनि दैनिक थुप्रै कोरोना संक्रमित थपिदै छन् ।यद्यपी काठमाडौंका स्थानीयमा संस्कृति मोह उच्च देखिएको छ । सरकारले २५ जना भन्दा बढी भेला हुने नपाईने नियम लागु गरेपनि गाईजात्रामा सयौंको संख्यामा स्थानीय बासिन्दाको सहभागिता छ ।

तस्वीर : हिक्मत डंगोल








प्रतिक्रिया दिनुहोस्