शरीरमा आगो लगाई देवदह क्वारेन्टिनका सुरक्षा गार्डले गरे आत्मदाह



यमलाल भुसाल,बुटवल ।

रुपन्देहीको देवदह नगरपालिका वडा नम्वर ७ स्थित सितलनगर क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको रेखदेखको काम गर्ने सुरक्षा गार्डले आत्मदाह गरेका छन् । देवदह नगरपालिका–५ मितेरी टोलका २४ वर्षीय विपिन बस्यालले मंगलबार बिहान अन्दाजी ४ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाई आत्मदाह गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आफ्नै शरीरमा मट्टितेल छर्की आगो लगाउंदा शरिरको अगाडिको भाग, अनुहार, हात, खुट्टा सबै जलेर गम्भीर घाईते भएका उनलाई उपचारको लागि देबदह मेडिकल कलेज भलुहीमा लगिएको थियो । त्यहां उपचार हुन नसकेपछि थप उपचारका लागि पाल्पा मिसन अस्ताल लैजाने क्रममा उनको बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस्याल देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगरस्थित नेपाल मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । यस अघि पनि उनले पटक पटक बिषादी सेवन गर्ने गरेको बुझिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले के कति कारणले आत्महत्या गरे भन्ने कुरा खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्