घुस दिने व्यापारी र लिने कार्यालय प्रमुख दुई लाख नगदसहित अख्तियारको फन्दामा



यमलाल भुसाल,बुटवल ।

गुट्का व्यापारीसंग महिनामारी रुपमा घुस लिँदैगर्दा राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख तथा अनुसन्धान अधिकृत बिजय रानालाई अख्तियारको टोलीले पक्राउ गरेको छ । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख तथा अनुसन्धान अधिकृत रानाले गुट्का व्यापारी अनिलकुमार झासंग घुस वापत २ लाख रुपैंया लिँदै गर्दा अख्तियारको टोलीले बुटवल उपमहानगरपालिका वडा नं. १३ बुद्धचोकबाट मंगलवार दिउसो पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राना सहित घुस दिने गुट्का व्यापारी अनिलकुमार झालाई पनि पक्राउ गरेको छ ।

बिशेष सुराकीको आधारमा घुस लिने र दिने दुबैलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानआयोगको बुटवल कार्यालयका प्रमुख डा. भिष्मकुमार भुसालले जानकारी दिनुभयो ।पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान सुरु गरिएको पनि उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्