बाँके राष्ट्रिय निकुञ्जका प्रमुख र अधिकृत रुपन्देहीबाट पक्राउ



यमलाल भुसाल,बुटवल ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाया स्रोत नखुलेको रकम सहित रुपन्देहीबाट पक्राउ परेका छन् ।

विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले उनीहरुसंगवाट नगद ३ लाख ४८ हजार र ५ लाख ५० हजारको बैँकका भौचरसहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले उनीहरुलाई कार्यालयको बा.२ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा सोमबार दिउँसो सैनामैना नगरपालिका–१० सालझण्डीबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश भुसालले बताउनु भयो । पक्राउ परेकाहरुमा माथि थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्