आईपीएल अघि ४ पटक कोरोना परीक्षण



एजेन्सी ।

आगामी सेप्टेम्बर–नोभेम्बरमा यूएईमा हुने ईन्डियन प्रिमियर लिग (आइपीएल) अघि खेलाडीहरुलाई कम्तिमा पनि चार पटक कोरोना परिक्षण गरिने भएको छ ।

यसअघि आईपीएल खेल्ने खेलाडीहरुलाई अनिवार्य १४ दिनको क्वारेन्टिन् बस्नुपर्ने नियम बनाइएको थियो । त्यसै अवधिमा खेलाडीहरुको कम्तिमा पनि चार पटक कोरोना परिक्षण हुने भएको हो । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आईपीएलमा सहभागी खेलाडीहरुको १४ दिनमा ४ पटक पीसीआर परिक्षण गर्ने जनाएको छ ।

आईपीएल आधिकारिक निकायको बैठकले खेलाडीको चार पटक पीसीआर परिक्षण अनिवार्य रुपमा गर्ने निर्णय गरेको हो । त्यसबाहेक खेलाडीले परिवारका सदस्यहरुलाई पनि आईपीएल अवधिभर भेट्न नपाउने नियम बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्