डडेल्धुरामा आत्महत्या गर्नेको संख्या बढ्दै



राम धामी,डडेल्धुरा ।

डडेल्धुरामा आत्महत्या गर्नेको संख्या बर्षेनी बढ्दै गएकोे छ । गत आर्थिक वर्ष अर्थात २०७४ को साउनदेखि २०७७ को हालसम्मको तथ्यांक हेर्दा डडेल्धुरामा ७१ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका तथ्यांकमा झुन्डिएर आत्महत्या गर्नेको संख्या ५० जना रहेको छ भने विष सेवनगरी आत्महत्या गर्नेको संख्या २१ जना रहेको छ ।

गत आर्थिक वर्ष २०७४/७५ मा १० जना, ०७५/७६ मा २३ जना, ०७६/७७ मा १४ जना र ०७६/७७ मा तीन जनाले झुन्डिएर आत्महत्या गरेको छन् भने विष सेवन गरेर गत आर्थिक वर्ष २०७४/७५ मा सात जना, ०७५/७६ मा आठ जना र ०७६/७७ मा छ जनाले आत्महत्या गरेका प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कुल मुद्दा ९२ रहेका छन् । यसमध्ये सबैभन्दा बढी आत्महत्याका मामिला भएको डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । डीएसपी न्यौपानेका अनुसार यसले एकातिर अपराध बढ्दै गएको देखिन्छ भने अर्का तर्फ प्रहरीको सक्रियता बढेसँगै मुद्दाको संख्यामा वृद्धि भएको हुन सक्ने अनुमान छ । कोरोना महामारीका बेला जारी लकडाउनको समयमा डडेल्धुरामा सबैभन्दा बढि आत्महत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७३/७४ मा ५० वटा, २०७४/७५ मा ५१, वटा ०७५/७६ मा ८० वटा र ०७६/७७ मा ९२ मुद्दा दर्ता भएको डीएसपी न्यौपानेले जानकारी दिए । आत्महत्या तथा महिला हिंसाविरुद्धका घटना न्यूनीकरणका लागि प्रहरीले जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्