धुन्चे-स्याफ्रुबेशी सडकखण्डको खोपाङमा पहिरो जाँदा सडक अवरुद्ध



न्युज अफ नेपाल,रसुवा ।

रसुवाको धुन्चे-स्याफ्रुबेशी सडक खण्डको खोपाङमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।आईतबर परेको अविरल वर्षाका कारण सडक भासिन गई सवारी आवागमन बन्द भएका छन् ।

भासिएको सडक खुलाउन सडक डिभिजन कार्यालय सँग समन्वय गरी मंलवार दिउँसो बाट सडक खुलाउने काम हुने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्