महासंघको हेटौंडामा भेलाको तयारीबारे छलफल



न्युज अफ नेपाल,हेटौंडा ।

नेपाल पत्रकार महासंघको हेटौंडामा भदौ २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारीबारे छलफल भएको छ । महासंघ केन्द्रीय अध्यक्ष गोबिन्द आचार्य, महासचिव रमेश बिष्ट, केन्द्रीय सदस्य कृष्ण गिरीसहितको उपस्थितिमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको हेटौंडा–११, थानाभ¥याङस्थित कार्यालयमा छलफल भएको हो ।

छलफलमा महासंघ बागमती प्रदेश कमिटी अध्यक्ष प्रताप बिष्ट, उपाध्यक्ष सम्झना कार्की, महासचिव कृष्ण सारुमगर, मकवानपुर शाखा अध्यक्ष हरि हुमागाईंसहित मकवानपुर शाखाका पूर्वअध्यक्षहरु, पत्रकारसम्बद्ध विभिन्न संघ÷संगठनका जिल्ला अध्यक्ष तथा मकवानपुरबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य सहभागी थिए ।

बढ्दो कोरोना त्रासबीच भेलालाई व्यबस्थित र सहजढंगले कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल भएको छ । कोरोनाको जोखिम न्यून रहेका शाखाका अध्यक्षलाई हेटौंडा बोलाउने र बाँकीलाई भर्चुअल मिटिङमा सहभागी गराइने केन्द्रीय अध्यक्ष आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्