८ सय मिटर लामो पिच सडक नै चोरी भएपछि…



एजेन्सी ।

मानिसहरुले गर गहना, गाडी लगाएत विभिन्न सामाग्री चोरेको हामीले देखेका छौ । तर, अचम्म त तब भयो जब केही समय अघि पिच गरिएको रोड नै चोरी भयो ।

चिनको जियाङ्सु प्रान्तको संकेशु गाउँ जोड्ने आठ सय मिटर लामो सडक रातरात चोरी भएपछि सबैजना आश्चर्यमा परेका थिए । त्यहाँका बासिन्दाले अचानक आफ्नो सडक पुनःनिर्माण गर्ने चाहना राखेपछि त्यहाँका अधिकारीहरू छक्क परे । अर्कोतर्फ, अधिकारीहरूसँग कुनै नविकरणको योजना थिएन, न त उनीहरूलाई सने सडक कहाँ गएको थाहा नै थियो।

त्यसपछि सुरु भएको अनुसन्धानमा उनीहरूले चोर पनि पत्ता लगाए । सोही ठाउँका एक स्थानीय मानिस, जो निकै गरिब थिए उनले नै केही पैसाका लागि सडक चोरी गरेको खुल्यो । पुलिस रिपोर्ट अनुसार उक्त व्यक्तिले सडक चोर्नका लागि एउटा उत्खनन भाडामा लिएको र पछि कंक्रीटको टुक्राहरू नजिकैको कारखानामा लगेर बेचेको खुलेको छ । उनले ५ सय टन कंक्रीट ८ सय युआनमा बेचेका थिए। सो गाउँमा जाने एक अर्को बाटो भएकाले त्यो पुरानो बाटो कसैले प्रयोग नगरेकाले यस्तो उपाए सोचेको ती व्यक्तिले बताए ।

यस अघि यस्तो प्रकारको घटना नभएका कानरण यो अपराधका लागि कुनै प्रकारको सजाय नभएको हुनसक्ने अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्