लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय पक्राउ



कञ्चनपुर ।लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान टिम (आरआइटी)ले २२ दशमलव ९० ग्राम ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालमा बेच्नका लागि ल्याइएको ब्राउनसुगरसहित भारतको पिलिभित कम्पोजनगर पतैयाका गोविन्द सिंह र राजवीर सिंहलाई पक्राउ गरिएको आरआइटीका प्रहरी सहायक निरीक्षक पदम थापाले बताउनुभयो । पक्राउ गरिएका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्