धुलिखेल र मण्डनदेउपुरमा सार्वजनिक बिदा



बनेपा । धुलिखेल र मण्डनदेउपुर नगरपालिकाले भोलि जुनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिएको छ । ती नगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै भोलि १९ गते रक्षा बन्धन (जनै पूर्णिमा) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएका हुन् ।

नगरपालिकाअन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थालगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय एवं सङ्घसंस्थालाई सार्वजनिक बिदा दिने मण्डनदेउपुर नगरपालिका प्रवक्ता एवं वडा नं ६ का वडाध्यक्ष डिल्लाप्रसाद आचार्यले बताउनुभयो ।

त्यस्तै धुलिखेल नगरपालिकाले २० गते पनि गाईजात्रा पर्वको दिन सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरु बन्द रहने जनाएको छ । यसअघि पाँचखाल नगरपालिकाले पनि जनै पूर्णिमा र गाईजात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्