नेपाल समाचारकर्मी खनाल सम्मानित



न्युज अफ नेपाल,हेटौंडा ।

नेपाल समाचारपत्रकर्मी कृष्णउदास खनाल सम्मानित हुनु भएको छ । एकल महिलाहरुको अधिकार स्थापनाका सवालमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै संचारमाध्याम मार्फत एकल महिलाहरुको आवाज बुलन्द गरेको भन्दै सहकर्मी कृष्णउदास खनाललाई मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरले सम्मानित गरेको हो ।

कार्यक्रमकी प्रमुख अतिथि एवम् हेर्टौंडा उपमहनागरपालिकाकी उपमेयर मीनाकुमारी लामा र मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष टीकाकुमारी पौडेल संयुक्त रुपमा खनाललाई कदर पत्र सहित सम्मान गर्नुभएको हो । कार्यक्रममै जिल्ला कानुनी सहायता समिति मकवानपुरकी अधिवक्ता अप्सरा बस्नेत पनि सम्मानित हुनु भएको छ ।

उहाँलाई पनि लामा र पौडेले संयुक्त रुपमा कदरपत्र सहित सम्मानित गर्नुभएको हो ।नेपाल समाचारपत्रकर्मी खनालले एकल महिला सुभर्दा दर्नालको घर समाचार लेखेरकै कारण बनाइ दिनुभएको थियो भने अब एकल महिला लक्ष्मी घिमिरेको घर बनाउने तयारीमा जुट्दै रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्