पैसा चोर्नमा माहिर बिरालो



मस्को, (एजेन्सी) ।

रुसको एउटा बारमा राखिएका सेक्युरिटी क्यामेराहरुमा एउटा पैसाको भोको बिरालो दुईपटक नोटका विटो लिएर भाग्दै गरेका दृश्यहरु कैद भएका छन् ।

क्रास्नोदार क्राइको आनापा स्थित द पिभिवार सिसिसिपि राखिएको सर्भेलियन्स क्यामराले खिँचेका नोटका विटा लिएर बिरालो पवबाट भाग्दै गरेका भिडियो फुटेज हालै इन्सटाग्राममा भाइरल भएका हुन् । एउटा फुटेजमा बारको मुख्य कोठाबाट बाहिरिनु अघि बिरालोले झारेको नोटको विटो बिरालोले फर्केर पुन टिप्नु अघि एकजना मानिसले टिपेको देखिन्छ ।

दोश्रो फुटेजमा त्यो बिरालो पैसा लिएर बाहिर भाग्न सफल भएको देखिन्छ । बारका कर्मचारीहरुले त्यो पैसा सजाएर राखिएका पुराना नोट भएको बताएका छन् ।

केहि समय अघि मात्र त्यस बारका ३७ वर्षिय मालिक नादेझ्दा भोदोलाज्स्कायाले एउटा बाकसमा राखेर कसैले फ्याँकेर हिंडेको त्यो बिरालोलाई संरक्षण दिएका थिए ।

मास्याना नामक त्यो बिरालोको पैसा प्रतिको अनौठो मोहको कारण नादेझ्दाले सबै कर्मचारीलाई सधैँ पैसा त्यसको पहुँच बाहिर राख्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्