लागूऔषधुसहित दुई युवा पक्राउ



न्युज अफ नेपाल,भद्रपुर ।

प्रहरीले भद्रपुर नगरपालिका–४ मन्त्री चोकबाट दुई जनालाई लागू औषधसहित पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधबार भद्रपुर– ३ धिमाल धुरा घर बताउने वर्ष २६ को अजय थापा र वर्ष २२ को रोशन माझी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शङ्कास्पद अवस्थामा सडकको किनारमा प्र १–०१–०१२ प ६९२१ नम्बरको सुन्तला कालो रङको के टी एम मोटरसाइकल सहित नियन्त्रणमा लिईएकोे जिल्ला का प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट ४ सय चक्की नाइट्रोजन र ५० बोतल कोडिन बरामद गरिएको उहाँले जनाउँनुभयो । उनिहरुलाइ जिल्ला प्रहरीमा राखेर अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्