बयरघारीमा नि:शूल्क आँखा शिविर



श्रीकृष्ण सिग्देल,वालिङ ।

स्याङ्जाको बयरघारीमा एक दिने निशूल्क आँखा शिविर सम्पन्न भएको छ । सन्त निरंकारी मण्डल बयरघारीको आयोजना तथा मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न भएको हो ।

आँखा शिविरमा दार्सिङ दहथुम, छाङ्छाङ्दी, स्वरेक, खिलुङ देउराली, बानेथोक देउराली, ढापुक सिमलभञ्ज्याङ गाविसका गरी कूल २ सय ५ जना आँखाका विरामीहरुले सेवा लिएका थिए भने विरामीहरुलाई नि:शूल्क औषधीसमेत वितरण गरिएको थियो ।

शिविरमा डा. कृष्ण आचार्य, डा. जमूना गुरुङ,डा. सुस्मिता अधिकारीलगायतको टोलीले आँखा परीक्षण गरेका समाजसेवी गोकुल अधिकारीले जानकारी दिए । विरामीमध्ये ११ जनामा मोतियाविन्दु देखिएकाले उनीहरुलाई आजै शल्यक्रियाकालागि पोखरा लगिएको सन्त निरंकारी मण्डल बयरघारीका अध्यक्ष यामबहादुर खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्