कोभिड-१९ संक्रमितको प्रतिरोध प्रणालीमा खराबी आउने



न्युयोर्क (एजेन्सी)

कोरोना भाइरस संक्रमित केही विरामीमा रोग प्रतिरोध प्रणालीले गलत तरिकाले काम गर्नु कोभिड-१९ को गम्भिर परिणाम जिम्मेवार रहेको हुन सक्ने वैज्ञानिकहरुले पत्ता लगाएका छन् । यस नयाँ खोजले कोरोना संक्रमणबाट मर्ने जोखिम धेरै भएका विरामीका बारेमा थाहा पाउन मद्दत मिल्ने र उनीहरुको उपचारका लागि उपयुक्त औषधी प्रयोगका लागि सुझाव दिन सक्ने बताइएको छ ।

अमेरिकाको यल युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले यल न्यु हेवन अस्पतालमा भर्ना भएका १ सय १३ विरामीको जाँच तथा उनीहरु भर्ना हुँदा देखि अस्पतालमा रहँदा र अस्पतालबाट डिस्चार्ज हुँवा वा मृत्यु हुँदासम्म उनीहरुमा देखिएको परिवर्तित रोग प्रतिरोध प्रणालीको प्रतिक्रिया विश्लेषण गरिएको थियो ।

अध्ययनमा सबै विरामीमा रोगको प्रारम्भिक चरणमा रोग प्रतिरोध प्रणालीमा साझा कोभिड-१९ संकेत देखिएको पाइयो । जुन विरामीमा मध्यम लक्षण थियो, उनीहरुमा रोग प्रतिरक्षा तन्त्र प्रतिक्रिया कम देखिरहेको थियो र समय बित्ने क्रमसँग उनीहरुको शरीरमा भाइरसका कणको स्तर कम भइरहेको थियो । येल युनिभर्सिटीले अध्ययनका वरिष्ठ लेखक अकिको इवासाकीले एक ट्विटमा भने ( यो अध्ययनले रोग प्रतिरक्ष प्रणाली सार्स कोव २ विरुद्ध कसतो प्रतिक्रिया दिन्छ, देखाउँछ ।

रोगको गम्भिर प्रकृतिमा गलत प्रकारको प्रतिरक्षा प्रतिक्रिया जिम्मेवार भएको यसले देखाएको छ । यसमा केही मृत्युसँग सम्बन्धित पनि छन् ।वैज्ञानिकहरुका अुनसार जुन विरामीमा रोगले गम्भिर रुप लिन्छ, उनीहरुमा न त प्रतिरक्षा प्रणालीको प्रतिक्रिया कम हुन्छ न त उनीहरुको शरीरमा भाइरसका कणको स्तर नै घट्छ । यो अध्ययन नेचर पत्रिकामा प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्