मालढुंगा-बेनी सडक अबरुद्ध,सडकमा गएको पहिरोमा परि एक महिला घाइते



न्युज अफ नेपाल,पर्वत ।

पर्वतको मालढुंगा देखि म्याग्दीको सदरमुकाम बेनी जोड्ने मालढुंगा – बेनी सडक अबरुद्ध भएको छ । जलजला गाउँपालिकाको केराबारी र लामाखेतमा पहिरो झरेका कारण मंगलबार दिउँसो सडक अबरुद्ध भएको हो । लामाखेतमा गएको पहिरोमा परेर एक जना महिला समेत घाइते हुनुभएको छ ।

दिनभरको अबिरल बर्षाका कारण पहिरो र लेदो बगेर आउँदा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरो खसेका कारण सडकमा यात्रा गर्दै गरेकी ३२ बर्षिय बुद्धिकला तामाङ्ग घाइते हुनुभएको छ । सामान्य घाइते तामाङ्गको अबस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

पहिरो हटाएर सडक सुचारु गर्ने प्रयास भैरहेको छ । उक्त ठाउँमा केही दिन अघि गएको पहिरो जाँदा सडक अबरुद्ध भएको थियो ।यस्तै मध्यपहाडी लोकमार्गमा पर्ने पर्वतको कुस्मा देखि बाग्लुङ्ग खण्डमा पनि मंगलबार दिउँसो सडक अबरुद्ध भएको थियो । पर्वतको कुस्मा नगरपालिकाको छमर्के नजिक गएको पहिरो हटाएर यातयात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्