घुस दिन खोज्ने ९ चालकविरुद्ध मुद्धा



न्युज अफ नेपाल,हेटौंडा ।

मकवानपुर प्रवेश गर्ने मुख्य नाका हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सोमबार राति चेक गर्ने क्रममा ‘अतिआबश्यक सामग्री’ तथा ‘पाठ्यपुस्तक ढुवानी’ लेखिएको टाटा पिकअप त्रिपालले छोपी डोरीले बाँधेर बन्द गरिएको अबस्थामा फेला प¥यो ।प्रहरीले चेक गर्दा गाडीभित्र मानिसहरु खचाखच राखी बिनापास ल्याइँदै गरेको र छाडिदिनुप¥यो भनी प्रहरीलाई घुस दिने प्रयास भयो ।

उनीहरुले प्रहरीसँग दुव्र्यबहार गरे । आर्थिक प्रलोभन देखाएपछि चालकहरुलाई नियन्त्रणमा लिएर सार्वजनिक हित र नैतिकताविरुद्ध कसुरमा मुद्धा दायर गरिएको छ ।

बा. १५ च ६२३ नम्बर पिकअप गाडी बाराबाट चितवनतर्फ आउँदै गर्दा चालक काठमाडौं–१३ बस्ने वर्ष ४२ का कर्म थापाले ५ सय, बा. ८ च ४३४ नम्बर पिकअप बाराबाट चितवनतर्फ आउँदै गर्दा चालक रौतहटको मौलापुर नपा–५ बस्ने वर्ष ३० का उमाशंकर साहले ३ सय, बा. ८ च ४३४ नम्बर पिकअप गाडीका सहचालक वर्ष १८ का मधु साहले २ सय, ना. १ ज ८६२३ नम्बर सुमोचालक रौतहटको गुजरा नपा–५ बस्ने वर्ष २३ का मोहम्मद सदरे आलमले ५ सय, ना. ४ च ५९४१ नम्बर पिकअप गाडीचालक रौतहटको मौलापुर–७ बस्ने वर्ष २१ का नितेशकुमार झाले प्रहरीलाई ५० रुपियाँ घुस दिने प्रयास गरेका थिए ।

प्र–३–०१–००५ ख ९२४५ नम्बर बसचालक रौतहटको चन्द्रपुर नपा–२ बस्ने वर्ष ३५ का उमेश कुशवारले ३ सय, ना. ५ ख ३५१५ नम्बर ट्रकचालक चन्द्रपुर–१ बस्ने वर्ष ४० का बिर्खबहादुर यस्मालीले १ सय, ना. ४ च २३४० नम्बर पिकअपचालक बाराको पर्सौनी–२ बस्ने वर्ष २७ का प्रमोद मुखिया र ग. १ ख ९७१७ नम्बर बस चालक धनकुटाको बेलाहारा नपा–१६ बस्ने वर्ष ३९ का बिनोद नेपालीले १ हजार दिने प्रयास गरेका थिए । प्रहरीलाई कुल २ हजार ९ सय ५० रुपियाँ घुस दिने प्रयास गर्नेविरुद्ध मुद्धा दायर भएको जिल्ला प्रहरीका प्रवक्ता प्रनाउ इन्द्रबहादुर रानाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्