कमला सिंचाईको पूर्वी मुलद्वारलाई पर्यटकीय क्षेत्र बनाउने तयारी



सुभेन्द्र दास,लहान ।

सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर–२ मा पर्ने कमला सिंचाईको पुर्वी मुलद्धार लाई पर्यटकिय क्षेत्र बनाउन बिभिन्न योजनाहरु अघि सारिएका छन् । कमला सिंचाईको हेड वर्कस लाई पर्यटन, प्रबद्र्धन गर्न आब २०७६/०७७ मा केही काम भएको कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाका प्रमुख बिनय कुमार गामीले बताउनुभयो ।

करिब २० लाखको लागतमा वर्कस क्षेत्रमा सडक ग्राभेल, पोखरी निर्माण, नहर वरिपरी आकर्षक घाँसको चपरी, बृक्षारोपण, रंग रोधन, रेलिङ्ग, पर्यटकहरु बस्ने कुर्सी चौतारा लगायतको कार्यहरु गरेको प्रमुख गामीले बताउनुभयो ।

चालु आर्थिक बर्षमा पुर्व पश्चिम लोकमार्ग अन्तर्गत बन्दिपुर देखि करिब १ किलोमिटर सडकलाई कालोपत्रे गर्ने लक्ष्य समेत राखिएको छ । सब ईन्जिनियर बिधानन्द साहका अनुसार नयाँ निर्माण गरिएको पोखरीमा डुङ्गा राख्ने योजना पनि यो आर्थिक बर्षमा रहने बताए । कमला सिंचाईको मुख्य आकर्षकको रुपमा रमणिय पहाड क्षेत्र, खोला, गेट, बाँध रहेको छ ।

पर्यटकीय भेगका किसानहरुलाई बाह्रै महिना मौसमी, बेमौसमी तरकारी खेती गर्न नर्सरी माईनर योजना अन्तर्गत कुलो निर्माण पनि गरिएको छ । करिब ५ सय बिघा खेतिमा कमला सिंचाईको पानी ८ महिना पु¥याउन सो योजनाको को काम सम्पन्न भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्