चार जिल्लामा दिनभर सञ्चार सेवा अबरुद्ध



न्युज अफ नेपाल,पर्वत ।

अप्टीकल फाइबरमा आएको समस्याका कारण साबिकको धौलागिरी अञ्चलका चार जिल्लामा सोमबार दिनभर टेलिफोन मोबाइल र इन्टरनेट सेवा अबरुद्ध भएको छ । नेपाल टेलिकमको अप्टीकल फाइबर चुँडिएपछि पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा नेपाल टेलिकमको टेलिफोन , मोबाइल र सबै प्रकारका इन्टरनेट सेवा आइतबार राती देखि नै अबरुद्ध भएको हो ।

मध्यपहाडी लोकमार्गमा पर्ने पर्वतको मोदी गाउँपालिका –६ बेतेनीमा पहिरोले फाइबर चुँडिएका कारणसेवा अबरुद्ध भएको नेपाल टेलिकम पर्वतले जनाएको छ । पहिरोले चुडिएको फाइबर जडान पछि दिउँसो ३ बजेबाट मात्रै सेवा सुचारु भएको थियो ।

नेपाल टेलिकमको मोइबाल र टेलिफोन तथा सबै इन्टरनेट सेवा प्रदायकको सेवा प्रभावित भएपछि बैंक, बित्तिय संस्था, सरकारी कार्यालय देखि सर्वसाधरणको दैनिक कार्य प्रभावित भएको थियो । मध्यपहाडी लोकमार्गको स्तरउन्नतीको काम भैरहेको छ । अप्टिकल फाइबर पोलमा ल्याइएको कारण समय समयमा पहिरोका कारण चुडिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्