पर्वतको फलेबास देशभरका नगरपालिका मै ‘उत्कृष्ट’



न्युज अफ नेपाल,पर्वत ।

पर्वतको फलेबास नगरपालिका देशभरकै नगरपालिकामा उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघले आर्थिक बर्ष २०७५/०७६ मा राजश्व लगानी तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा सम्पादित कामको आधारमा फलेबासलाई उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत गरेको हो ।

नेपाल नगरपालिका संघको २८ औ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा पुरस्कार बितरण गरेको छट । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यञ्जुले फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मालाई उत्कृष्ट नगरपालिकाको प्रमाणपत्र प्रदान गर्नुभयो । कोभिड १९ का कारण कुनै औपचारिक कार्यक्रम नगरि नेपाल नगरपालिका संघले प्रमाणपत्र बितरण गरेको छ ।

संघबाट पूर्व निर्धारित सूचकहरुका आधारमा विशेषज्ञहरुको टोलीबाट मूल्यांकन गर्दा फलेबास सहित तीन वटा नगरपालिका देशभरका नगरपालिकाहरु बिभिन्न शीर्षकमा मध्ये उत्कृष्ठ नगरपालिकाको रुपमा पुरस्कृत भएका छन । नेपाल नगरपालिका संघले फलेबास संगै निलकण्ठ नगरपालिका धादिङ र बाणगंगा नगरपालिका कपिलबस्तुलाई पनि बिभिन्न शीर्षकमा पुरस्कृत गरेको छ ।

नगरपालिकाबाट सम्पादित कामको उच्च मूल्यांकन गर्दै उत्कृष्ट नगरको रुपमा पुरस्कृत हुन पाएकोमा खुसी लागेको फलेबासका नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो । ‘हामीले गरेको कामको मुल्याँकन भएको छ ।’ उहाँले भन्नुभयो ‘यसले थप उपलब्धी हासिल गर्न र उत्कृष्ट नगरको रुपमा अझै बिकास गर्न उत्साह थपेको ‘यसले थप उपलब्धी हासिल गर्न र उत्कृष्ट नगरको रुपमा अझै बिकास गर्न उत्साह थपेको छ ।’

यो उपलब्धी हासिल गर्न सहयोग पु¥याउनुहुने सम्पूर्ण फलेवास नगरबासी, सभा सदस्यहरु, नगर कार्यपालिकाका सदस्यहरु र फलेवास नगरकार्यपालिकाको कार्यालयका कर्मचारीहरुमा समेत उहाँले आभार ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्