भारतमा अनलक ३ मा पनि स्कुल कलेज बन्द रहने



नयाँदिल्ली (एजेन्सी)
भारतमा लकडाउन अन्त्य भएको करिब दुई महिना भइसकेको छ तर कोरोना संक्रमणको स्थितिका कारण कयौं राज्यमा पुन लकडाउन गर्नु परेको छ । विगत दुई दिनमा भारतमा एक लाख कोरोना संक्रमित पुष्टी भएको छ ।
विहार र मध्य प्रदेशमा पुन लकडाउन लगाएको छ ।

अधिकारीहरुले लकडाउन अन्त्य भएपनि स्कुल, कलेज, जिम र मेट्रो खुल्न धेरै कठिन हुने बताएका छन् । कोरोना संक्रमण अझै कम हुने संकेत देखिएको छैन । यद्यपी भारतमा संक्रमणपछि स्वास्थ्य लाभ गर्ने दरमा बृद्धी भएर ६३ दशमलव ४५ पुगेको छ । भारतमा कोरोनाबाट भइरहेको मृत्यु दर बाँकी देशको तुलनामा अत्यन्त कम छ ।

देशमा मेट्रो सेवा सन्चालन गर्ने विषयमा अहिले नै त्यसको सम्भावना नभएको एक वरिष्ठ अधिकारीले बताए । भारतमा गत मार्च देखि नै कोरोनाका कारण सबै स्कुल, कलेज बन्द गरेको थियो । मानव संसाधन विकास मन्त्रालय यस विषयमा राज्यहरुसँग सल्लाह तथा छलफल गरिरहेका छन् ।

धेरैजसो राज्य अहिले नै स्कुल कलेज खोल्ने विषयमा सहमत नभएको बताइएको छ । यस सम्बन्धमा भएको बैठकमा वरिष्ठ अधिकारीहरुले बच्चाहरुको स्वास्थ्यलाई लिएर चिन्ता ब्यक्त गरेका थिए ।

अभिभावक कोरोनालाई लिएर अत्यन्त डराएको र धरै जसो आफना बच्चालाई स्कुल पठाउने पक्षमा देखिएका छनैन् । त्यसैले अर्को हप्त तेस्रो चरणको लकडाउन खाल्ने भएपनि स्कुल, कलेज खोल्ने विषयमा कुनै निर्णयमा पुग्न असम्भव देखिएको बताइएको छ ।

धरैजसो अभिभावक अहिले नै स्कुल, कलेज खोल्ने पक्षमा नभएको मन्त्रालयले केन्द्रलाई जानकारी दिएको छ । धरैजसो अभिभावक तथा नागरिक खोप बनेपछि मात्र स्कुल कलेज खुल्नु पर्ने पक्षमा छ । यो स्कुल, कलेज मात्र नभएर जिम, थेटर र मेट्रोमा पनि लागु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्