घरमा विमान खस्यो



वर्लिन,(एजेन्सी)
उत्तर पश्चिमी जर्मनीको डस्सलडोर्फ शहर देखि करिव ४५ किमि उत्तरमा पर्ने वेसेल स्थित एउटा घरमा एक अति हलुका विमान दुर्घटनाग्रस्त हुँदा तीनजना मानिसको ज्यान गएको सकारी अधिकारीहरुले बताएका छन् ।

मृतकका पहिचान अझै खुल्न सकेको छैन । यस घटनामा एकजना बालक पनि घाइते भएका छन् । सो विमानको क्षमता दुई यात्रु भएको बताइएको छ । घरमा खसेपछि सो विमानमा आगलागि भएको थियो ।

प्रहरीले विल्ड अखवारलाई विमान मार्ल विमनस्थलबाट उडेको बताएको छ । एकजना प्रत्यक्षदर्शीले ठूलो विस्फोटको आवाज आए लगत्तै आगो लागेको बताएका छन् ।

दुर्घटनास्थल नजिक एउटा प्यारासुट पनि फेला परेको छ । दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्