उत्तर कोरियामा कोराना संक्रमित भेटियो



सोल,( एजेन्सी )
उत्तर कोरियाले पहिलो पटक कोरोना भाइरस संक्रमित घटना फेला पारेको सार्वजनिक गरेको छ । सरकारी समाचार निकाय केसीएनएका अनुसार करिव तीन वर्ष अघि दक्षिण कोरिया तर्फ भागेका व्यक्तिमा कोभिड १९ देखिएको हो ।

नाम नखुलाइएका संक्रमित व्यक्ति काएसोङ शहर हुँदै जुलाई १९ मा उत्तर कोरिया फर्केको बताइएको छ । उनलाई स्वास्थ्य जाँचबुझ गरि क्वारेन्टीनमा राखिएको छ । उनीसँग सम्पर्कमा आएका सबैलाई क्वारेन्टीनमा राखिएको पनि बताइएको छ । उनीमा कारोनाका लक्षणहरु द्येखिएको बताइएको छ ।

यसरी उत्तर कोरियामा पहिलोपटक कोभिड–१९ को संक्रमण भेटिएपछि सर्वोच्च नेता किम जोंग उनले आइतवार पोलिब्युरोको आकस्मिक बैठक बोलाएको केसीएनएले जानकारी दिएको छ ।

किमले काएसोङ वरपरका क्षेत्रमा एकान्तवासका उपाय कडाइका साथ लागू गर्न आदेश दिएका छन् । उक्त क्षेत्रमा लकडाउन घोषणा भएको छ ।

किमले त्यस्तो कडा सुरक्षा प्रवन्ध रहेको सिमा क्षेत्रबाट ति व्यक्ति कसरी प्रवेश गर्न सके भन्नेबारे अनुसन्धान गर्न आदेश इिसकेका छन् । यस घटनामा दोषि ठहरिनेहरुलाई कडा संजाय दिइने भएको छ ।

विशवभरि कोरोना भाइरस फैलिँदै गर्दा छ महिना अघि उत्तर कोरियाले आफ्ना सिमाहर बन्द गर्दै हजारौं मानिसलाई आइसोलेसन अर्थात एकान्तवासमा राखेको थियो ।

यसै महिनाको शुरुमा मात्र किमले आफ्नो मुलुक कोभिड १९ विरुद्ध राम्रो कदम चाल्न सफल भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्